कुवेतमा निरेम प्रोडक्सनको उद्घघाटन तथा चियापान कार्यक्रम भब्य रुपमा सम्पन्न


कुबेत नेपालडटकम

निरेम प्रोडक्सनको उद्घघाटन तथा चियापान कार्यक्रम हिजो ८ सेप्टेम्बर २०१७ का दिन कुवेतको फर्वानिया स्थित हैतम रेष्टुरेन्टको सभाहलमा एक कार्यक्रम विच भब्य रुपमा सम्पन्न भएको छ ।कुवेतमा नयाँ मिडिया हाउसको नाम हो निरेम प्रोडक्सन । नयाँ नयाँ समाचारहरु, मनोरन्जनात्मक भिडियोहरु, तथा जानकारी मूलक सामाग्रीहरु प्रकाशित गर्ने मिडियाको रुपमा परिचित निरेम प्रोडक्सनले हालका दिनहरुमा छोटो समय भित्र नै देश विदेशबाट चर्चा बटुल्न थालेको छ ।बिभिन्न कार्यक्रम स्थलहरुको फोटो तथा भिडियो उत्कृष्ट रुपमा पाठक दर्शकहरु समक्ष पस्कने निरेम प्रोडक्सन निरेम अपडेटका रुपमा पनि परिचित छ । बिभिन्न विधामा दक्ष युवाहरु आवद्द प्रोडक्सनले निकट भविष्यमा दर्शकहरुको व्यापक रुपमा ध्यान केन्द्रित गर्ने निश्चित छ ।

कुवेतको कुबेत को फरवानिया स्थित अल हाइतम रेष्टुरेन्टमा आयोजना गरिएको उद्घघाटन तथा चियापान कार्यक्रम मा प्रेम जिमीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली राजदुतावासका महामहिम राजदुत यज्ञ बहादुर हमाल, प्रमुख आतिथ्यता रहेको थियो भने प्रथम लेडी रिता हमाल र बिसेष अतिथिहरुमा नेपाली राजदुतावासकी मिनिस्टर अफ काउन्सलर बिन्दिरा संकर जोशी, राजदुतावासका प्रथम सचिब भोगेन्द्र लिङ्देन, पत्रकार महासंघ बैदेसिक साखा कुवेतका अध्यक्ष हरि कृष्ण न्यौपाने, एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामांग लगायत रहेका थिए भने उद्घघाटन समारोहमा बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु, पत्रकारहरु बुद्दिजिबी, समाजसेवी कुवेतबासी नेपालीहरूको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रम लाई सुरेश ग्यबा तमाङ ले सञ्चालन गरे को थिए भने रुपेन हमालले स्वागत मन्तब्य दिंदै सम्पूर्ण अतिथिहरुको स्वागत गर्नु भएको थियो । सभापति, प्रमुख अतिथी र बिशेष आथितीहरुले संयुक्तरुप द्दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्दै नेपालको राष्ट्रिय गान बजाई कार्यक्रमलाई मुर्त रुप दिईएको थिए। पत्रकार राज मल्लले निरेम प्रोडक्सन कसरी स्थापना भयो र किन स्थापना भयो? प्रोडक्सनले गर्ने कामका ’boutमा, प्रोडक्सनमा मुख्य भुमिकामा रहेका प्रेम जिमी र प्रोडक्सनको टिमको ’boutमा प्रष्ट पारेका थिए ।

कार्यक्रमा नेपालीदुतावास पल्नु भएको प्रमुख अतिथि पत्रकार महासंघ बैदेसिक साखा कुवेतका अध्यक्ष हरि कृष्ण न्यौपाने, कुवेत नेपाल डटकमका जय आले , इन्द्र भुसाल, प्रदेशी खबर डटकमका कार्यकारी सम्पादक – कोश राज राई, हाम्रो संचार डटकमका प्रधान सम्पादक प्रदिप नेपाली, आदीवासी जनजाती महासंघ कुवेतका अध्यक्ष रमेस किराँती, माउन्ट एभरेष्ट क्लबका अध्यक्ष इन्द्र पोख्रेल, किरात राई आयोख्य समाजका अध्यक्ष मन्जित राई , कोसेली समुहका अध्यक्ष मनु भुजेल, तमु समाज कुवेतका उपाध्यक्ष राजु गुरुङ, नेपाल तामांग घेदुङ् संघका अध्यक्ष अमृत तामांग, सामाजसेवी कुमार झापाली, जन प्रगतिसिल मंचका दिल पाख्रिन, नयाँ सक्ति नेपालका केन्द्रीय सदस्य नारायण पोख्रेल, एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामांग, प्रवासी मंच नेपाल कुवेतका युबराज गैरे, आईसिसी कोर्डिनेटर अमित चामलिन, नेपाली राजदुतावास कुवेतका प्रथम सचिब भोगेन्द्र लिन्देन , मिनिस्ट्री अफ काउन्सलर बिन्दिरा संकर जोशी , महामहिम राजदुत यज्ञ बहादुर हमाल लगायतले शुभकामना मन्तब्य दिएका थिए ।

कार्यक्रमको समापन गर्दै सभापति प्रेम जिमीले कार्यक्रममा उपस्थित भएर कार्यक्रम सफल पार्न हुने सम्पूर्ण सहयोगी कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ-संस्था, समाजसेवी, बुद्दिजिबी तथा भद्र-भलादमी, पत्रकार,खेलाडी, तथा कलाकारहरु सम्पूर्ण कुवेतवासी नेपाली सबैलाई बिशेष धन्यवाद ब्यक्त गर्नु भएको थिए। सम्पूर्ण उपस्थित पाहुनाहरुलाई नि:शुल्क जलपान र स्वादिष्ट भोजन ले स्वागत गरे को थिए।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )