एनआरएनए कुवेतले श्रमिकहरुको समस्याको ’boutमा अन्तरक्रिया गर्ने


कोशराज राई/कुबेत

भदौ २४ – गैर आवासिय नेपाली संघ (एनआरएनए)/ राष्ट्रिय समन्वय परिषद (एनसीसी) कुवेतले आगमी सेप्टेम्बर १५ मा “श्रमिकहरुको समस्याको समाधानमा गैर आवासिय नेपाली संघ कुवेतको भूमिका” बिषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ । आगमी अक्टोबर १४ देखी १७ सम्म काठमाण्डौंमा आयोजना हुन गईरहेको एनआरएनए/ अन्तराष्ट्रिय समन्वय परिषदको आठौं महाधिवेशनमा कुवेतमा रहेका नेपाली श्रमिकहरुको बिध्यमान समस्याहरु साथै नेपालको समृद्दिमा कुवेतवासी नेपालीहरुको हितमा उठाउनु पर्ने बिषयहरुको ’boutमा सुझाव संकलन गर्ने उद्देश्यले उक्त अन्तरक्रिया कार्यक्रमको आयोजना गर्न लागिएको प्रवक्ता कोशराज राईले जानकारी गराएका छन् ।

नेपाली राजदूतावासको सभाहलमा आयोजना हुने अन्तरक्रिया कार्यक्रमको लागि कुवेतमा कृयाशिल संघ संस्थाको तर्फबाट एकजना प्रतिनिधि उपलब्ध गराई सुझाव पेश गरीदिनु हुन सम्पूर्ण कुवेतमा कृयाशिल संघ संस्थाका प्रमुखहरुलाई पत्र पठाई सकिएको र पत्र प्राप्त नभएको खण्डमा यसै समाचारलाई आधार मानि उपस्थित हुनु भई आ-आफ्ना महत्वपूर्ण सुझाबहरु पेश गरीदिन हुन महासचिव हरिकुमार लावतीले सम्बन्धित सबैमा अनुरोध गरेका छन् ।

यसका साथै गैर आवासिय नेपाली संघ (एनआरएनए)/ राष्ट्रिय समन्वय परिषद (एनसीसी) कुवेतले सन्चालन गरेको बाढी पीडित राहत सहयोग अभियान समेत उक्त दिन नै समापन हुने र आफूले सहयोग गर्न चाहेको आर्थिक सहयोग सोही दिन उपलब्ध गराई दिनहुन अध्यक्ष अर्जुन तामाङले अनुरोध पनि गरेका छन् ।

कार्यक्रम हुने : मिति : सेप्टेम्बर १५, २०१७

स्थान : नेपाली राजदूतावासको सभाहल

समय : दिनको २ बजे

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )