Daily Archives: 06/09/2017

सुन तस्करका नाइके मिङ र्‍याडिसन होटलबाटै फरार


सुन्दर खनाल/सुवास गोतामे/लोकेन्द्र प्रसार्इं
काडमाडौं : प्रहरीले आइतबार बिहान ८८ किलो अवैध सुन नियन्त्रणमा लिइरहँदा चिनियाँ तस्कर वान विई मिङ पाँचेतारे होटल र्‍याडिसनमा मस्त निद्रामा थिए । इतिहासमै सबैभन्दा ठूलो परिमाणमा सुन बरामद भएको खबरले बजार तातिसक्दा बिहान १० बजे उनी आरामपूर्वक होटलबाट बाहिरिँदै फरार भए । होटल स्रोतका अनुसार बाहिरैबाट रुम बुक गरी साँझ अबेर होटल आएका उनले आफ्नो पासपोर्ट देखाएनन् । पढ्नेक्रम जारी राख्नुहोस्

उपप्रधानमन्त्री महरा आज चीन जाँदै


२१ भदौ, काठमाडौं । सरकारका उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा बुधबार चीन भ्रमणमा जाने भएका छन् । चीनका परराष्ट्रमन्त्री वाङ यीको निमन्त्रणामा महरा ६ दिने औपचारिक भ्रमणका लागि आज त्यसतर्फ जान लागेका हुन् ।नयाँ संविधान घोषणापछि चीन भ्रमणमा जाने महरा दोस्रो परराष्ट्रमन्त्री हुन् । यसअघि केपी ओली नेतृत्व सरकारका तत्कालीन उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले चीनको ६ दिने औपचारिक भ्रमण गरेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

उम्मेदवारी दर्ता आज


राजेश मिश्र, काठमाडौं
भाद्र २१, २०७४-प्रदेश २ का १ सय ३६ स्थानीय तहमा जनप्रतिनिधि चयनका लागि बुधबार उम्मेदवारी दर्ता हुँदै छ । देशभरका ७ सय ५३ स्थानीय तहमध्ये प्रदेश २ का आठ जिल्लाभित्रका स्थानीय तहमा मात्रै निर्वाचन बाँकी छ । तेस्रो चरणमा प्रदेश २ का गाउँपालिका र नगरपालिकामा निर्वाचन हुन लागेको हो । असोज २ मा हुने चुनावमा १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकामा नेतृत्वका लागि मतदान हुँदैछ ।ती सबै तहबाट गरी ६ हजार ६ सय २७ जना जनप्रतिनिधि चुनिने छन् । कांग्रेस, एमाले, माओवादी केन्द्र, राजपा, संघीय समाजवादी फोरम, लोकतान्त्रिक फोरमले ती सबै तहमा आफ्ना उम्मेदवार तय गरिसकेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

नेपाली जन एकता सेवा समाज कुवेतद्वाराभागिरथका लागि ११६ केडि सहयोग


तितोपाटी डटकम
तीतोपाटी डट कम – नेपाली जन एकता सेवा समाज कुवेतले “भागिरथ बचाउ अभीयान”को लागी ११६ केडी आर्थिक सहयोग गरेको छ । समाजका महासचिव डि बि भूसालले तीतोपाटी डट कम लार्इ सो कुराको जानकारी दिएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्