समुद्घाटनको पूर्ण तयारीमा निरेम! छोटों परिचय


कुबेत नेपालडटकम

कुवेतमा नयाँ तर चर्चित मिडिया हाउसको नाम हो निरेम प्रोडक्सन । नयाँ नयाँ समाचारहरु, मनोरन्जनात्मक भिडियोहरु, तथा जानकारी मूलक सामाग्रीहरु प्रकाशित गर्ने मिडियाको रुपमा परिचित निरेम प्रोडक्सनले हालका दिनहरुमा छोटो समय भित्र नै देश विदेशबाट चर्चा बटुल्न थालेको छ । सोही प्रोडक्सनको आगमी सेप्टेम्बर ८ तारिक शुक्रबार कुवेतमा उद्घाटन हुने कार्यक्रम रहेको छ । कार्यक्रममा निरेम प्रोडक्सनको उद्घाटन महामहिम राजदूत यज्ञबहादुर हमालको प्रमुख आतिथ्यतामा हुने आयोजकले जानकारी दिएका छन् ।

बिभिन्न कार्यक्रम स्थलहरुको फोटो तथा भिडियो उत्कृष्ट रुपमा पाठक दर्शकहरु समक्ष पस्कने निरेम प्रोडक्सन निरेम अपडेटका रुपमा पनि परिचित छ । बिभिन्न विधामा दक्ष युवाहरु आवद्द प्रोडक्सनले निकट भविष्यमा दर्शकहरुको व्यापक रुपमा ध्यान केन्द्रित गर्ने निश्चित छ ।

को को आवद्द छन् त निरेम प्रोडक्सनमा ?

प्रेम कुमार जिमी :– प्रेम कुमार जिमीको जन्मस्थान सखुवासभा हो । कुवेतमा ४ बर्षदेखि कार्यरत उनको शिक्षा +२ पास रहेको छ । उनी क्यामेरामेन / कोरियोग्राफ़र / एक्टर / डान्सर । पत्रकार लगायतका बहुप्रतिभावान व्यक्ति हुन् । प्रेम जिमीले चलचित्र ‘ठूलो मान्छे’ को निर्माण तथा अभिनय गरेका छन् । उनी निरेमको प्रमुख / कार्यक्रम प्रमुख हुन् ।

राज मल्ल :- राज मल्लको घर तुल्सिपुर दाङ हो उनको पनि शिक्षा +२ पास नै रहेको छ । उनी मोडलिङ, ८ वटा म्यूजिक भिडीयोमा अभिनय, ४ बर्ष देखि पत्रकारिता, निरेमको आर्थिक विभाग, तथा म्यानेजमेन्ट उनको जिम्मेवारी रहेको छ । मल्ल कुवेतमा ७ बर्ष देखि कार्यरत छन् ।

रुपेन हमाल :- बर्दघाट नवलपरासीका रुपेनको खास नाम रुपेन्द्रबिक्रम हमाल हो । एसएलसी सम्म पढेका हुन् । उनी गायक/ मोडल / समाजसेवीको रुपमा कुवेतमा परिचित छन् । लुम्बिनी समाज नेपाल कुवेतका अध्यक्ष रहेका हमालले निरेमको सामाजिक तथा आन्तरिक विभाग सम्हाल्ने छन् । उनी कुवेतमा ५ बर्ष देखि कार्यरत रहेका छन् ।

निकि गोले तामाङ :– मिरिक दार्जिलिङका निकिले अंग्रेजी बिषयमा एमए गरेका छन् । उनी फ़िल्म डाइरेक्टर / इडिटर / गायक / गार्फिक डिज़ाइनर हुन् । उनले दार्जिलिङमा निर्मित नेपाली फिल्म ‘ध्रुवतारा’ को निर्देशन गरेका छन् । निरेमको टेक्निकल विभाग उनको जिम्मेवारीमा परेको छ । निकि कुवेतमा १ बर्षदेखि कार्यरत छन् ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )