मनु भुजेल मगरलार्इ अध्यक्ष चयन गर्दै कोसेली समुहको विशेष भेला सम्पन्न


कुबेत नेपालडटकम

कोसेली समुहका सँस्थापक तथा वर्तमान उपाध्यक्ष मनु भुजेल मगरलार्इ अध्यक्ष चयन गर्दै कोसेली समुहको विशेष भेला सम्पन्न भएको छ । फरवानिया स्थित अल हाइतम रोयर रेष्टुरेन्टको सभाकक्षमा बसेको कोसेली समुहको पुर्ण सदस्यहरूको विशेष भेलाले सो निर्णय गरेको हो ।

कोसेली समुहका वर्तमान अध्यक्ष केहि हप्ता अगाडि माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब काठमाण्डु-कुवेतको अध्यक्ष निर्वाचित भए पछि अ।ज सम्पन्न समुहको विशेष भेलाले कोसेलीका वर्तमान अध्यक्षलार्इ संरक्षक मनोनित गरेको छ भने उपाध्यक्षमा टोमलाल पराजुलीलार्इ जिम्मेवारी दिएको छ ।

बिगत केही महिना देखि रोकिएको छापा पत्रिका मरूभूमिको कोसेलीलाई पुनः प्रकाशन गर्न बरिस्ठ पत्रकार तोयानाथ दाहाललाई जिम्मेवारी दिएको छ । अडियो भिजुअलमा निकै चर्चा कमार्इ रहेको कोसेली समुहको प्रयोग मरूभूमि हालचाल लार्इ अझ स्तरीय र चाैतर्फी विषयमा समेट्दै अघि लैजानको लागि हालसम्म संयोजन गर्दै अाएका नवराज पन्थीलार्इ यसको प्रमुख बनार्इ संयोजन तथा सम्पादनको सम्पुर्ण जिम्मेवारी दिइएको छ भने महासचिबमा अर्जुन बस्नेत, सचिबमा जीवन सुनारलाई र कोसाध्यक्षमा राजन श्रेष्ठलाई निरन्तरता दिने निर्णय गरेकोछ ।

निबर्तमान अध्यक्ष ईन्द्र प्रसाद पोख्रेलको सभाध्यक्षतामा महासचिव अर्जुन बस्नेतको संचालनमा सम्पन्न भेलाले महत्वपूर्ण निर्णय गर्दै सस्थालाई अब सामाजिक र रचनात्मक कार्यमा बढी सकृय बनाउने भएको छ । बचत कोष संयोजक ठाकुर प्रसाद पाैडेलले अाज सम्मको हिसाव किताव प्रस्तुत गरेको र सँस्थाका कोषाध्यक्षले सँस्थाको वासलत नाफा नोक्सानको स्थिति समेत सार्वजनिक गरिएको उक्त कार्यक्रममा कोसेली समुहका प्रवन्ध निर्देशक सुजन के.सि., कोसेली पत्रिकाका प्रमुख तोयानाथ दाहाल, तीतोपाटी डट कम का प्रधान सम्पादक हरिकृष्ण न्याैपाने, मरूभूमि हालचालका सम्पादन संयोजक नवराज पन्थी, टिकाराम आचार्य, राजु कार्की जानकी जानु, सुशन गौतम, र नव प्रवेशी अमर खडका, लगायतले समुहलार्इ चलायमान गराउने तथा यसको विकास र प्रवर्धनका समबन्धमा अा-अाफ्ना धारणाहरू राखेका थिए । सोही कार्यक्रममा कोसेली समुहमा आवद्ध हुन आएका साहित्यीक कार्यक्रम प्रस्तोता अमर खड्का, समाचार डेस्कका वसन्त थापा, चन्द्र बिक र मनिस आम्गाईलाई स्वागत गरिएको थियो

कोसेली समुहले कुबेतबाट अनलाइन मिडिया तीतोपाटी डट कम, मरूभूमिको कोसेली छापा पत्रिका र साप्ताहिक अडियो भिजुअल कार्यक्रम मरुभूमि हालचाल संचालन गर्दै आएको छ । त्यसै गरि कोसेली समुहले उसको वार्षिक उत्सव अ।गामी फेब्रुअरी महिनामा गर्ने पनि सहमति गरेको छ ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )