पत्रकार महासंघले नेपाली दुताबास कुवेत र नेपाली समाजसंग बिशेष छलफल गर्ने


कुबेत नेपालडटकम

नेपाल पत्रकार महासंघ बैदेशिक शाखा कुवेतले “नेपाली राजदूतावास कुवेत र कुवेतको नेपाली समाज बिच पत्रकार महासंघको भूमिका” विषयक एक बिशेष छलफल कार्यक्रमको आयोजना गर्ने भएको छ। भोली सेप्टेम्बर ०१,२०१७, शुक्रबारका दिन नेपाली दुताबासको सभाकक्षमा हुने बिशेष छलफल कार्यक्रम पत्रकार महासंघले पहिलो पटक आयोजना गर्न लागेको हो।

डिसी नेपाल डटकमसंग कुरा गर्दै नेपाल पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष हरि कृष्ण न्यौपानेले भने” कार्यक्रमको तयारी पुरा भएको छ। पहिलो पटक बृहत रुपमा आयोजना गर्न लागिएको यो बिशेष कार्यक्रममा कुवेतमा कृयाशिल सबै नेपाली संघ-संस्थाका अध्यक्ष वा संस्थाले पठाएको प्रतिनिधि तथा कुवेतको नेपाली समाजमा लामो समय देखी लागिरहेका ब्यक्तिहरुलाई निम्त्याइएको छ।न्यौपानेले थपे”यदी ईमेल मार्फत निमन्त्रणा नपाएको वा छुटेको भए यही सुचनाको आधारमा कार्यक्रमामा एक संस्था-एक प्रतिनिधी उपस्थितीको लागि अनुरोध गर्दछु।”

नेपाली दुताबासका महामहिम राजदुत तथा कर्मचारीहरु र नेपाली समाज कुवेतका प्रमुखहरुलाई एकै ठाउँमा राखेर पहिलो पटक यस किसिमको बिशेष छलफल गर्न लागिएको बताउदै कार्यक्रम संयोजक बरिष्ट पत्रकार तोया नाथ दाहालले भने”हामीहरुले आ-आफ्नो ठाउँबाट नेपाली समुदायको हितमा कसरी बढी काम गर्न सक्ने र आपसी सम्बन्ध सुमधुर बनाउने भन्ने नै कार्यक्रमको मुल उद्धेश्य हो।”

यसै बिच नेपाल पत्रकार महासंघ कुवेत शाखाका सचिब आनन्द आचार्यले छलफल कार्यक्रम उपलब्धी मुलक बनाउनको लागि बिभिन्न एजेन्डाहरुमा बिषेश रुपले छलफल गरिने र कार्यक्रम शुरु हुनु अगाबै एजेन्डाहरुको ’boutमा सहभागीहरुलाई जानकारी दिने बताए।

कार्यक्रमको विवरण

स्थानः नेपाली राजदूतावासको सभाकक्ष, जाब्रिया कुवेत ।

मितिः सन २०१७ सेप्टेम्बर १ तारिक शुक्रबार ।

समयः बिहानक ११ बजे ।

सम्पर्कका लागि

हरिकृष्ण न्यौपाने(अध्यक्ष) – ६५०४२२१६

आनन्द आचार्य(सचिव) – ६७७८९४१५

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )