Daily Archives: 31/08/2017

कुवेतमा फेरी एक नेपाली महिलाको मृत्यु


कुबेत नेपालडटकम

विगत केही वर्षदेखि कुबेत मा बस्दै आएकी नेपाली चेली स्वीमिङ पुलमा डुबेर मृत्यु भएकाे छ । स्थायी ठेगाना रामेछाप जिल्ला, गाेकुलगंगा गाउ पालिका नामाडी – ८ घर भर्इ विगत ३ वर्ष देखि कुवेतमा घरेलु कामदारको रूपमा कार्यरत पासपोर्ट नं २७५३५२३ की ३१ वर्षीया तारा देबि खड्काकाे स्पोन्सरको परिवार सहित घुम्न जाँदा सबा अल नासरमा हिँजो ३० अगष्ट का दिन साँझ ६ बजे अचानक स्वीमिङ पुलमा डुबेर मृत्यु भएको हो ।

पहिलो स्पोन्सरको घर छोडेर दोश्रो स्पोन्सरको घरमा काम गर्दै गरेकी खड्काको हालका स्पोन्सर दूतावाससँग सम्पर्कमा अाइसकेको तथा मृतकको शब फरवानिया अस्पतालमा राखिएको बताउँदै कागजी प्रकृया पुरा गरेर छिट्टै नै शब नेपाल पठाइने राजदूतावासका द्वित्तीय सचिव भोगेन्द् लिङदेनले बताए।

 

साभार:तीतोपाटी डट कम

Advertisements

पत्रकार महासंघले नेपाली दुताबास कुवेत र नेपाली समाजसंग बिशेष छलफल गर्ने


कुबेत नेपालडटकम

नेपाल पत्रकार महासंघ बैदेशिक शाखा कुवेतले “नेपाली राजदूतावास कुवेत र कुवेतको नेपाली समाज बिच पत्रकार महासंघको भूमिका” विषयक एक बिशेष छलफल कार्यक्रमको आयोजना गर्ने भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

वैदेशीक रोजगारको लागी कुवेत पुगेका एक नेपाली युवकको दुखद मृत्यु


कुबेत नेपालडटकम

वैदेशीक रोजगारको लागी कुवेत पुगेका एक नेपाली युवकको दुखद मृत्यु भएको छ । करिव २० महिना अघि नेपालको बुटवलबाट कामको सिलसीलामा कुवेत पुगेका ३२ बर्षीया तारा दार्गा मगरको उपचारको क्रममा मृत्यु भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

लालीगुराँस साँस्कृतिक परिवार कुबेतको दशै धमाका २२ सेप्टेम्वर २०१७ राजधानी होटल खैतान मा


कुबेत नेपालडटकम

“हाम्रो संस्कृती हाम्रो परम्परा”भन्ने मूल नारा बोकेर स्थापित लालीगुराँस साँस्कृतिक परिवारले (दसौ) सांगितिक प्रस्तुति स्वरुप आयोजित नेपालीहरुको महान् चाड विजया दशमी (दशै) को अवसर पारेर शुभकामना आदानप्रदान सहित कुवैतका चर्चित कलाकारहरुको साथ मा बृहत् सांस्कृतिक कार्यक्रम साथै दिवा भोज रहने सस्थाका उपाध्यक्ष माधब पौडेलले जनाएका छन । पढ्नेक्रम जारी राख्नुहोस्