सगरमाथा परोपकारी समाज कुवेतले अबिस्कार केंद्र अभियान बुधवार देखी चलाउने भएको छ।


कुबेत नेपालडटकम

सगरमाथा परोपकारी समाज कुवेतले केहि दिन पहिला मात्र बिभिन्न मीडिया मार्फ़त अभियान चलाऊने भनेर भनेता पनी यसै दिन देखी भनेर भनेको थीएन, र आज मात्र सगरमाथा परोपकारी समाज कुवेतका अध्यक्ष बसन्त थापाले कुबेत नेपाल डटकम  सँग कुरा गर्दै आऊने बुधवार देखी दुई महीने अभियान चलाऊँने भनेर कुबेत नेपाल डटकम लाई जानकारी दिएका छन। महाबिर पुनले थालेको राष्ट्रीय अभियान अबिस्कार केन्द्र लाई केहि सहयोगको हेतुले यस सगरमाथा परोपकारी समाज कुवेतले पनी आऊने बुधवार देखी दुई महीने अभियान चलाउने भएको छ। (युवाहरूको सोचाई सामाजिक सेवानै पहिलो रोजाई) भन्ने मुल नाराका साथ स्थापना गरेको यस सगरमाथा परोपकारी समाज कुवेतले समस्यामा परेका हर कोहिलाई पनी सहयोग गर्ने उदेस्य रहेको छ।

बिषय: राष्ट्रीय अविष्कार केन्द्र संचालनको लागी प्रस्ताब र सहयोगको लागी अनुरोध
विकासको दौडमा नेपाल अन्य मुकुल भन्दा निकै नै पछाडी परेको कुरा सर्बबिदितै छ र कुवेतमा बस्ने तपाईहरूलाई यो कुरा प्रत्यक्ष देख्नु भएको छ । बिकासमा नेपाल पछी पर्ने कारणहरू मध्य

निम्न तिन वटा कारणहरू प्रमुख छन

१)देशमा भएको सृजनशील र प्रतिभाशाली मानव पुँजी र संशाधनको उपयोग गर्ने कदम नचालिएको,
२)वैज्ञानिक आविष्कार तथा प्रविधी विकास जस्तो अति महत्वपूर्ण कामलाई अति न्यून प्राथमिकता दीइएको ,
३)निर्यतमुखी उदयोंगहरूलाई पटक्कै प्रोत्साहन नगरिएको र त्यसको लागी प्रभावकारी कदम नचालीएको

यी माथी भनिएका तिन वटा कदमहरू चाल्ने हो भने नेपालको बिकास नेपालीहरू कै सृजनशीलता, प्रतिभा र मीहिनेतबाट गर्न सकीन्छ । त्यस्ता सृजनशील, प्रतिभाशाली र पारिश्रमि युवाहरू हामीसित प्रशस्त संख्यामा भएर पनी काम गर्ने अवसर र उचित वातावरणको अभावमा एकातीर देशको बिकास हुन सकेको छैन भने अर्का तीर ति प्रतिभाहरू विदेशीने। क्रम निरन्तर जारी छ ।अत: देश बिकासका लागी नभई नहुने सृजनशील र प्रतिभाशाली जनशक्तिलाई नेपालमा नै काम गर्ने र उनीहरूलाई नेपाल मै बस्न सक्ने वातावरण बनाउने उदयेश्यले राष्ट्रीय अविष्कार केन्द्रको स्थापना गरिएको छ । त्यसैले राष्ट्रीय अविष्कार केंद्रको स्थापनाको लागी सहयोग गरी नेपाललाई पनी विकसित बनाउने अभियानमा यस सगरमाथा परोपकारी समाज कुवेतले बुधवार देखी दुई महीने अभियान सुचारू गरिने भयकोले सम्पूर्ण कुवेतमा रहनुहुने सँगसंस्था तथा नेपाली दाजुभाई दिदी बहिनीहरूलाई जे जति हुन्छ आ-आफ्नो ठाऊ बाट सहयोग गरीदिनुहुन सम्पूर्ण सगरमाथा परोपकारी समाज परिवार हार्दिक अपील गर्दछ। फेरी पनि धन्यवाद दिदैं सहयोग गर्न चाहने सम्पुर्णलाई सम्पर्क नम्बर यस प्रकार रहेको छ
अध्यक्ष:बसन्त थापा
51517465
महा-सचिव:प्रेमप्रसाद आचार्य
66549255
संरक्षण: अमर बि क.
55427789
सचिव: मीनराज कुँवर
99724463
मा सम्पर्क गर्नुहोला ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )