Daily Archives: 28/08/2017

सगरमाथा परोपकारी समाज कुवेतले अबिस्कार केंद्र अभियान बुधवार देखी चलाउने भएको छ।


कुबेत नेपालडटकम

सगरमाथा परोपकारी समाज कुवेतले केहि दिन पहिला मात्र बिभिन्न मीडिया मार्फ़त अभियान चलाऊने भनेर भनेता पनी यसै दिन देखी भनेर भनेको थीएन, र आज मात्र सगरमाथा परोपकारी समाज कुवेतका अध्यक्ष बसन्त थापाले कुबेत नेपाल डटकम  सँग कुरा गर्दै आऊने बुधवार देखी दुई महीने अभियान चलाऊँने भनेर कुबेत नेपाल डटकम लाई जानकारी दिएका छन। महाबिर पुनले थालेको राष्ट्रीय अभियान अबिस्कार केन्द्र लाई केहि सहयोगको हेतुले यस सगरमाथा परोपकारी समाज कुवेतले पनी आऊने बुधवार देखी दुई महीने अभियान चलाउने भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

देउवाको भारत भ्रमणप्रति प्रचण्डको असन्तुष्टी


देउवाको भारत भ्रमणप्रति प्रचण्डको असन्तुष्टी संविधान संशोधनमा छिमेकीको समझदारी आवश्यक छैन-प्रचण्ड
विराटनगर : पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणप्रति असन्तुष्टी पोखेको छन् । संविधान संशोधनप्रति छिमेकी समझदारी आवश्यक नभएको भन्दै दाहालले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति प्रकट गरेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

दिल्लीमा देउवाको स्पष्टीकरणः नियत कि नियति ?


संविधान संशोधन’bout प्रधानमन्त्रीको अभिव्यक्ति लम्पसारवादको पराकाष्ठा
मात्रिका पौडेल/टिप्पणी
१२ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरवहादुर देउवाको भारत भ्रमण नियमित औपचारिकता थियो । नेपालका कुनै पनि प्रधानमन्त्रीले हनिमुन अवधि पूरा नगर्दै भारत भ्रमण गर्नु परम्परा नै बनिसक्यो । देउवाले त्यो परम्परा निर्वाह गर्नु टिप्पणीयोग्य विषय होइन । देउवाको भ्रमण सफल कि असफल भन्ने बहस उनी स्वदेश नफर्किँदै भइसकेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

क्वेटा जेलबाट चन्दको गुहार : ‘जसरी हुन्छ स्वदेश फर्कन चाहन्छु’


देवेन्द्र भट्टराई
श्रीमती र छोराछोरी अफगानी शरणार्थी भएकाले घरफिर्तीमा थप कठिनाइ : राजदूत अधिकारी
भाद्र १२, २०७४- करिब तीन दशकअघि सुदूरपश्चिमको एउटा गाउँबाट बेपत्ता भई अघिल्लो वर्ष पाकिस्तानको बलुचिस्तान प्रान्तमा भेटिएका एक नेपालीलाई घर फर्काउन उच्च तहमा कूटनीतिक पहल सुरु भएको छ ।आफूलाई बैतडी, हटैराज–२ को नरेन्द्रबहादुर चन्द भनी चिनाउँदै फेसबुकमार्फत ‘घर फर्कन चाहेको’ सार्वजनिक गरेपछि उनी सुरक्षा निगरानी परेका थिए । चन्दलाई क्वेटास्थित कारागारमा राखिएको जानकारी पाकिस्तानी अधिकारीले इस्लामावादको नेपाली दूतावासलाई दिएका थिए । पढ्नेक्रम जारी राख्नुहोस्