Daily Archives: 27/08/2017

तामाङ घेदुङ कुवेतद्वारा बाढी पीडितको लागि आर्थिक सहयोग


युग लामा / कुवेत 

२६ अगस्ट, कुवेत । दुइ हप्ता पहिले गएको भीषण बाढी र पहिरोले नेपालमा ब्यापक धनजनको क्षेती भएको थियो । बिशेस गरि नेपालको सिंगो तराई क्षेत्र डुबानमा परेको थियो । तराई र पहाडमा गरि लगभग १०० जनाले ज्यान गुमाएको थियो भने अरबौको धन क्षेती भएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

रामचन्द्रको आरोप– नेतृत्वको हचुवा कार्यशैलीले पार्टी शक्तिहीन बन्यो


प्रदेश र संघको निर्वाचन निर्धारित मिति मै हुने भनाइ
रासस
११ भदौ, तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी नेतृत्वको हचुवा शैलीले कांग्रेस कमजोर बनेको आरोप लगाएका छन् । उनले नेतृत्वले सबैलाई नसमेट्दा स्थानीय तह चुनावमा पार्टीले क्षति व्यहोरेको समेत दाबी गरे ।‘हचुवा शैलीमा काम गर्ने नेतृत्वको परिपाटीले कांग्रेस पार्टी शक्तिहीन हुँदै गइरहेको छ,’ तनहुँको दमौलीमा आइतबार बिहान आयोजित पत्रकार सम्मेलनमा नेता पौडेलले भने, ‘यो शैली नबदल्ने हो भने कांग्रेसले थप क्षति व्यहोर्ने छ ।’ संसदीय समिति बनाएर स्थानीय तह निर्वाचनमा उम्मेदवारी चयन नगर्दा भद्रगोल भएको उनको तर्क छ । उनले पार्टी विभाग र प्रदेश समिति गठन नहुँदा अनेक कठिनाई झेल्नुपरेको बताए । पढ्नेक्रम जारी राख्नुहोस्