कुवेतमा तिज बिशेष कार्यक्रम सम्पन्न,धित मरुन्जेल नाचियो (फोटो फिचरसहित)


कुबेत नेपालडटकम

२५ अगस्ट,कुवेत :नेपाली नारिहरुको महान चाड हरीतालिका तिजको अबसरमा कुवेतमा नेपालकुवेत सास्कृतिक मञ्चले गरेको तिज बिशेष कार्यक्रम हिजो बिशेष सास्कृतिक कार्यक्रम भब्य रूपमा सम्पन्न भएको छ।

कुवेत स्थित जिलिबको वेडिङ हलमा आयोजना गरिएको सास्कृतिक कार्यक्रममा दर्शकहरुको खचाखच उपस्थिती रहेको थियो । प्रबासमा रहेका दिदिबहिनीहरुलाई माईतिको न्यास्रो नहोस र प्रबासमा भए पनि आफ्नो संस्कृति लाई जगेर्ना गर्ने लाई आयोजना गरिएको तिज बिशेष कार्यक्रमा लाई मरुभुमिको देशभए पनि नेपाल को झल्को मेटिने गरी नेपाली चेलीहरु राता सारी, छड्के तिलहरी, गहनापातले ढपक्कै ढाकिएका, सिंगारिएका दिदी बहिनी हरु एकदममै खुशी हुँदै कम्मर मर्काई मर्काई,तिजका विभिन्न भाकाहरुमा अन्तिम सम्म निर्त्य गरेका थिए । भने स्थानीय चर्चित गायक गायिकाको धमाकेदार प्रस्तुति ले उपस्थितहरुलाई भरपुर मनोरञ्जन दिलाएका थिए ।

आयोजक नेपाल कुवेत सास्कृतिक मञ्चका अध्यक्ष गोबिन्द बरालको सभापतित्व तथा नेपाली राजदूतावास कुवेतकी मिनिष्ट्री अफ काउन्सेलर विन्दिराशंकर जोशीको प्रमुख आथित्यतामा, नवराज पन्थी र माधव शर्माले संयुक्त रुपमा संचालन टिकाराम आचर्यको स्वागत मन्तव्य रहेको कार्यक्रममा पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका अध्यक्ष हरिकृष्ण न्यौपाने, एनआरएन कुवेतका अध्यक्ष अर्जुन तामाङ, आईसीसी सदस्य अमित राई, कुवेत नेपाल डटकमका प्रधान सम्पादक जय आले, एनआरएनए कुवेतकी उपाध्यक्ष समित्रादेवी पौडेल, प्रमुख अतिथि नेपाली राजदूतावासकी मिनिष्ट्री अफ काउन्सेलर विन्दिराशंकर जोशी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

तिज बिशेष कार्यक्रम विभिन्न तोवरले आर्थिक नैतिक र भौतिकरुपमा सहयोग गर्ने ब्याकतित्वोहरुलाई लाई सभापति, प्रमुख अतिथी र बिशेष आथितीहरुको संयुक्त हात बाट सम्मान पत्र सहित सम्मान गरिएको थियो। कार्यक्रम लाई भब्य र सब्या बनाउन को लागि BEC कुवेत ले मुख्य प्रयोजन रहेको थियो भने कुवेतमा रहेका बिभिन्न नेपाली संघ संस्था साथै व्यक्ति बिशेषले कार्यक्रम सफल पर्न आर्थिक सहयोग गरेको थियो।

संस्थाले केही दिन अघि नेपालको बिभिन्न भागमा अबिरल बर्षा पछी गएको बाढी पहिरोमा परी बिचल्लीमा परेका परिवारहरूलाई आर्थिक सहयोग गर्ने हेतुले सहयोग पेटिका स्वईच्छा दान गर्न अपील पनि गरेको थियो ।

अन्तमा कार्यक्रमको समापन गर्दै अध्यक्ष गोबिन्द बराल ले कार्यक्रम कार्यक्रमलाइ अत्याधिक सफल बनाउन सहयोग गर्न हुने सम्पूर्ण सहयोगी कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ-संस्था, समाजसेवी, बुद्दिजिबी तथा भद्र-भलादमी, पत्रकार,खेलाडी, तथा कलाकारहरु सम्पूर्ण कुवेतवासी नेपाली दर्शकहरुलाई सबैलाई बिशेष धन्यबाद दिए

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )