एनआरएनए कुवेतको प्रथम बैठक सम्पन्न, पाँचौं अधिवेशनको समिक्षा गर्दै समितिलाई पूर्णता दियो


कुबेत नेपालडटकम

अगष्ट २६, कुवेत । गैरआवासिय नेपाली संघ (एनआरएनए)/राष्ट्रिय समन्वय परिषद (एनसीसी) कुवेतको पाँचौ राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक जिलिब स्थित पपिन्स हलमा विभिन्न विषयहरुमाथि छलफल तथा निर्णय गर्दै हिजो सम्पन्न भएको महासचिव हरिकुमार लावतीले जानकारी दिएका छन् ।

नवनिर्वाचित अध्यक्ष अर्जुन तामाङको अध्यक्षता तथा आईसिसि कोर्डिनेटर अमित राईको बिशेष आतिथ्यमा सम्पन्न बैठकले पाँचौ राष्ट्रिय महाधिवेशन कार्यक्रमको समीक्षा गर्दै कार्यक्रम सफल पार्नको लागि सहयोग गर्ने नेपाली दूतावास, प्रायोजकहरु, स्वयंसेक, सुरक्षा विभाग, कालाकार, प्रत्यक्ष र अप्रत्यक्ष सहयोगि शुभ चिन्तक सबैमा धन्यवाद ज्ञापन गर्दै संघबाट सञ्चालित राहत कोषलाई निरन्तरता दिने निर्णय गरेको छ । राहतकोषको निम्ति कार्यसमितिबाट स्वेच्छिक रकम ३३४.००० केडि रकम बैठकमा उपस्थितहरूबाट संकलन गरिएको थियो ।
बैठकले संरक्षकमा राजेन्द्र तामाङ, सल्लाहकारमा सुजन के.सी., डिवि लोप्चन, राम लामा, शिव कोइराला, राजु थापा तथा विष्णु परियारलाई चयन गरेको छ । संघको प्रवक्तामा कोशराज राई, राहतकोष संयोजकमा सदस्य नविन लोप्चन, सहकोषाध्यक्षमा सदस्य रमेश किराती ‘चट्याङ’ र महिला उपसंयोजकमा सदस्य रमिता तामाङलाई सर्बसहमतिले नियुक्त गरिएको थियो ।

नेपाली दूतावास कुवेत र क्रियाशिल नेपाली संघ संस्थाहरु तथा सामसेवी अभियन्ताहरू बिच नेपाली श्रमिक समस्याहरुको ’boutमा अन्तक्रिया कार्यक्रम निकट भविष्यमा चाडै गर्ने निर्णय बैठकले गरेको छ ।संघको मासिक बैठक प्रत्येक महिनाको अन्तिम हप्ताको शुक्रबार बस्ने र मासिक सदस्यता शुल्क (लेवी) ५ केडी तोकी अन्य समसामयिक विषयहरु माथी छलफल गरिएको थियो भने महासचिव हरि लावतीले बैठक संचालन गरेका थिए ।

बिगत केही दिन अघि भएको भीषण वर्षा र त्यसपछी आएको बाढी पहिरोमा परी ज्यान गुमाएका तथा घरवार बीहिनहरुको सहयोगको लागि संघबाट पूर्व घोषित १ लाख १ हजार रुपैयाँलाई अनुमोदन तथा कुवेतमा कृयाशिल संघ संस्थाहरुलाई सहयोगको लागि पत्र पठाईएको र संघका सबै सदस्यहरुबाट उक्त बिषयलाई अनिवार्य रुपमा फलोअप गर्ने निर्देशन दिईएको अध्यक्ष अर्जुन तामाङले दिएका छन् ।

बाढी पीडितकै सहयोगको निम्ति अध्यक्ष तामाङले व्यक्तिगत ५१ हजार रुपैयाँ घोषणा यस अघि नै गरिसकेका छन् ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )