कर्ण अधिकारी मकाउ,चीन
चीनको स्वशासित क्षेत्र मकाउ र हंगकंगमा आज आएको तिब्र गतिको हावा हुरी र बर्षाका कारणजन जीवन अस्त ब्यस्त भएको छ।समुन्द्रको किनारामा अबस्थित टापु भएका कारण समुन्द्रकोपानीको छाल सडक सम्म आएको थियो भने तिब्र गतिमा आएको हुरीले सडक किनारामा लगाएकोरूखहरूलाई ढाल्नुका साथै सवारी साधनहरूलाई पनि पूर्ण रूपमा क्षति पुराएको छ।
चाईनामर्निङ पोष्टका अनुसार भौतिक साधनमा क्षति भए संगै ५ जनाको मृत्यू,२० जना घाईते र २ जनाहराई रहेका छन।मकाउमा ४ हजारको हाराहारीमा नेपालीहरू रोजगारी गर्दै आई रहेका छन।मकाउमा नेपालीहरू सुरक्षित रहेका छन।आजको हावा हुरी र बर्षाका कारण पहिलो पटक २घण्टा भन्दा बढी समय बिजुली अबरूद्ध हुनुका साथै ईन्टरनेट सेवा पनि अबरूद्ध भएको थियो।मकाउमा रहेका क्यासिनोहरूलाई अाजको हावा हुरी र बर्षाले पूर्ण रूपमा असर पुराएको छ।
Advertisements