७ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको पाँच दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् ।४८ सदस्यीय टोलीको नेतृत्व गर्दै देउवा नेपाल वायुसेवा निगमको उडानमार्फत बुधबार बिहान १० बजे त्यसतर्फ प्रस्थान गरेका हुन् । भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा देउवा भारत भ्रमणमा निस्केका हुन् । देउवाको यो भ्रमण प्रधानमन्त्री भएपछिको पहिलो हो ।भ्रमण दलमा परराष्ट्रमन्त्रीसहित विभिन्न मन्त्रालयका सचिव, वरिष्ठ अधिकृत व्यवसायी तथा सञ्चारकर्मीको सहभागिता रहेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 23/08/2017
प्रधानमन्त्री देउवा भारत प्रस्थान
Posted in नेपाल समाचार
२३ राज्यमन्त्री थपिँदा मासिक १० करोड खर्च बढ्ने
बलराम बानियाँ,
भाद्र ७, २०७४- प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार १५ राज्यमन्त्री थपेका छन् । कांग्रेसबाट १२ र लोकतान्त्रिक फोरमबाट ३ राज्यमन्त्री थपिएपछि देउवा मन्त्रिपरिषद् ५० सदस्यीय ‘जम्बो’ बनेको छ । थपिएका सबैले मंगलबारै प्रधानमन्त्री देउवाबाट पद तथा गोपनीयताको शपथ लिई कार्यभार सम्हालेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
जन प्रगतिशील मञ्च कुवेतले वाइसिएल मार्फत पठायो बाढी पीडितका लागि राहत
हाम्रो संचारडटकम
कुवेत, अगष्ट २२- नेकपा माओवादी केन्द्र निकट प्रवासी सङठन नेपाली जन प्रगतिशील मञ्च कुवेतले वाइसिएल मार्फत बाढी पीडितका लागि राहत स्वरूप ६८ हजार ८ सय ८१ रुपैयाँ नेपाल पठाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार, सूचना
ह्विलचीयरमा नेपाल पुगेकि मृगौला पिडित उर्मिलाको निधन
राज मल्ल,कुबेत
२२ अगस्ट,कुवेत । मृगौला पिडित उर्मिला विश्वकर्माको निधन भएको छ। CMC अस्पतालमा उपचार गराउदै आएकी उनको आज बीहान निधन भएको हो । मंगलपुर वडा न. १, चितवन निवासी उर्मिला दुइ महिना पहीला मात्र ह्विलचीयर साहारामा नेपाल फर्किएकि थिइन ।
रोजगारिको लागी कुवेत आएकि उर्मिला दुवै मृगौला फेल भै अचेत अवस्थामा करिव ४ महीना अदान अस्पतालमा उपचार पश्चात नेपाल पुगेकि हुन । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in दु:खद समाचार