राज मल्ल,कुबेत
२२ अगस्ट,कुवेत । चर्चित लोक गायक डि.बी लोप्चन ओमन जाने भएकाछन । गैर-आवासीय नेपाली संघ क्षेत्रीय समन्वय परिषद सललाहा ओमनले आउदो शुक्रवार २५ अगष्ट २०१७ का दिन आयोजना गर्न लागेको तिज विशेष सांस्कृतिक कार्यक्रममा आफ्नो सागीतिक प्रस्तुति दिन गायक लोप्चन ओमन जाने भएका हुन ।
कुवेतलाई कर्मथलो बनाई नेपाली लोकदोहोरिको क्षेत्रमा आफ्नो छुट्टै पहीचान बनाउन सफल लोग गायक डि.बी लोप्चनले केही समय पहीला मात्र आउदै गरेको हरितालिका तिज पर्वलाइ लक्षित गर्दै “फुलको डालीमा” नामक गित बजारमा ल्याएकाछन । जुन एकदमै चर्चित बन्दै छ ।
कला र गलाले सांगितिक बजार र स्टेज सोहरु तताउन सिपालु गायक लोप्चनले बिभीन्न देशहरुमा आफ्नो दमदार सांगितिक प्रस्तुतिले दर्शक श्रोताको मन जित्न सफल भएकाछन ।
यही २४ तारिकका दिन कतार एयरवेज़ मार्फ़त ओमनको सल्लाह जाने तयारीमा रहेका गायक लोप्चनले विगतका सिगीतिक भ्रमण जस्तै यो पनि विशेष रहेकाले अफ्ना दर्शकहरुलाई सक्दो मनोरन्जन दिन प्रयास गर्ने बताएका छन ।