Daily Archives: 21/08/2017

धर्म राज गिरी १२ बुधे माग सहित् मध्य पूर्वको संयोजक पदमा उम्मेदुवारि


कुबेत नेपालडटकम

गैर आबासिय नेपालीहरुको बलियो सञ्जाल एन आर एन ए को सातौ अन्तरास्टिय सम्मेलन नजिकिदै जादा बिभिन्न पदमा उमेदबारी दिने ब्यक्तीहरुको चर्चा सँगइ निबर्तमान एन आर एन ए मध्यपुर्व उपसम्योजकको जिम्मेबारी समालेका धर्मराज गिरीले १२ बुधे माग सहित् मध्य पूर्वको संयोजक पदमा उम्मेदुवारि दिएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

आदान अस्पतालमा उपचार गराइरहेका भागिरथ चापागाई लाई सरोकार समाज कुबेत द्वारा १०५ केडी सहयोग


कुबेत नेपालडटकम

सेवा नै धर्म आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था नेपाल-कुवेत सरोकार समाज कुबेत द्वारा १०५ केडी आर्थिक सहयोग गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

मंसिर १० गते प्रदेश र प्रतिनिधिसभाको चुनाव


एकै चरणमा निर्वाचन गरिने
भाद्र ५, २०७४- सरकारले प्रदेशसभा र प्रतिनिधि सभाको चुनाव एकै चरणमा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश र सभाको निर्वाचन एकै दिन मंसिर १० गते गर्न निर्वाचन आयोगलाई सिफारिस गर्ने निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए । तर, निर्वाचन आयोगले भने तयारी पुरा गर्न अप्ठ्यारो हुने भन्दै दुई चरणमा चुनाव गर्न आग्रह गरेको थियो । आयोगले मंसिर ४ र २१ को मिति प्रस्ताव गरेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

संशोधनमा दुई तिहाइ पुर्‍याउन दौडधूप


चिरञ्जीवी ढुंगाना
काठमाडौं : घोषणा हुँदा ९१ प्रतिशत सभासद्को समर्थन पाएको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानमा ३५ महिनापछि गर्न लागिएको दोस्रो संशोधनमा दुई तिहाइ समर्थन जुटाउने र जुट्न नदिने खेल पेचिलो बनेको छ । सत्तापक्ष संशोधनको पक्षमा दुई तिहाइ जुटाइसकेको दाबीसहित सोमबार मतदानमा लैजाने तयारीमा छ भने एमालेसहित विपक्षी दल सत्तापक्षको सेखी झार्ने रणनीतिमा छन् । दुई तिहाइको खेलमा संशोधनको पक्ष÷विपक्षमा खुलिनसकेका साना दलको ११ मत तान्न दलको दौडधूप सुरु भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

आज कुशे औंसी तथा बाबुको मुख हेर्ने दिन


यस्तो छ कुशे औंसी र बाबुको मुख हेर्ने दिनको महिमा
५ भदौ, काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने बाबुको मुख हेर्ने पर्व आज देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ ।यस वर्षको भाद्र कृष्ण औंसी सोमबार परेकाले बिहान उठेर नबोलीकन स्नान गरेमा एक हजार गाई दान गरेबराबरको फल पाइने धर्म ग्रन्थ हेमाद्रिमा वर्णन गरिएको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका विभागाध्यक्ष प्रा.डा. देवमणि भट्टराईले जानकारी दिए । पढ्नेक्रम जारी राख्नुहोस्

कहाँ छन् हत्यारा ?


भोजपुरमा तीन बालबालिकाको सामूहिक हत्या’bout अनुसन्धान गर्न डेढ महिनामा प्रहरीका दुई टोली खटिए पनि दोषी पत्ता लागेका छैनन्
विद्या राई, प्याउलीबजार (भोजपुर)
भाद्र ५, २०७४- डेढ महिना बित्दा पनि अरुण गाउँपालिका–३ मा भएको सामूहिक हत्याको रहस्य सुल्झिन सकेको छैन । प्रहरीका छुट्टाछुट्टै टोलीले अनुसन्धान गर्दा पनि दोषी पत्ता लागेका छैनन् ।अनुसन्धान लम्बिँदै जाँदा पीडित परिवार न्याय नै नपाइने हो कि भन्ने चिन्तामा छन् । १४ वर्षीय रञ्जीव सापकोटा, १३ वर्षीया सुष्मा फुयाल र ८ वर्षीय प्रदीप फुयालको हत्या भएको हो । असार १० गते साँझ अचानक हराएका उनीहरू पर्सिपल्ट मरेङडाँडास्थित तोरन कार्कीको माछापोखरीमा मृत फेला परेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्