पत्रकार महासंघको महाधिवेशन आजदेखि सुरु


४ भदौ, काठमाडौं । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशन आजदेखि सुरु हुँदैछ । ‘व्यवसायिक पत्रकारिताको आधार: प्रेस स्वतन्त्रता र श्रम अधिकार’ भन्ने मूल नाराका साथ काठमाडौंमा महाधिवेशन सुरु हुन लागेको हो । महाधिवेशनको उदघाटन प्रधानमन्त्री शेरबहादुर देउवाले बिहान १० बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा गर्ने कार्यक्रम तय भएको छ । जिल्ला–जिल्लाबाट महाधिवेशनमा भाग लिनका लागि आएका पत्रकार अहिले महाधिवेशन स्थलमा भेला हुन थालेका छन् ।

महाधिवेशन ४ गतेदेखि ६ गतेसम्म चल्नेछ ।

करिब १० हजार पत्रकार आवद्ध रहेको महासंघको महाधिवेशनमा १ हजार ५ सय प्रतिनिधि सहभागी हुनेछन् । यिनै प्रतिनिधिहरुले मतदान गरेर नयाँ नेतृत्व छान्ने छन् ।नयाँ नेतृत्वका लागि प्रत्येक ३ वर्षमा हुने महाधिवेशनले ४५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । पहिलोपटक संघीय संरचनाअनुसार नेतृत्व चयन गर्न लागेको महासंले महाधिवेशनमार्फत अध्यक्ष, २ उपाध्यक्ष, १ महासचिव, ५ सचिव, १ कोषाध्यक्षसहित ४५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गर्नेछ ।

त्यसैगरी, सात प्रदेशसहित उपत्यका, प्रतिष्ठान, एशोसिएटमा समेत नयाँ नेतृत्व आउनेछ ।

नेपाल पत्रकार महासंघको महाधिवेशनमा यसपटक कांग्रेसनिकट प्रेस युनियन र माओवादी केन्द्रनिकट प्रेस सेन्टरबीच तालमेल भएको छ । यो गठबन्धनबाट सभापतिमा गोविन्द आचार्य खडा भएका छन् भने एमालेनिकट प्रेस चौतारीले तीर्थ कोइरालालाई अघि सारेको छ । प्रेस चौतारीलाई नयाँ शक्तिलगायत साना संगठनको समर्थन रहेको छ ।(अन्लाईनखबर )

 

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )