Daily Archives: 20/08/2017

नेपाली जनसम्पर्क समिति मकाउको तेस्रो अधिवेशन सेप्टेम्बर ३ मा हुने


कर्ण अधिकारी/ मकाउ,चीन
नेपाली काँग्रेसको बिदेश स्थित भातृ संगठन नेपाली जन सम्पर्क समिति मकाउको तेस्रो अधिबेशन सेप्टेम्बर ३ तारीकका दिन हुने भएको छ।सन २०१३ जुन १४ का दिन स्थापना भएको जनसम्पर्क समिति मकाउले तेस्रो बार्षिक उत्सव पनि मनाई सकेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

प्रवासी ट्याक्सी ग्रुप कुवेतले डिसेम्बर २२ मा आफ्नो प्रथम अधिवेशन तथा वार्षिकोत्वसव मनाउने


कुवेत नेपालडटकम

अगष्ट २०, कुवेत । नेपाल प्रवासी ट्याक्सी ग्रुप कुवेतले आगमी डिसेम्बर २२ मा आफ्नो प्रथम अधिवेशन तथा वार्षिकोत्वसव मनाउने भएको छ। ग्रुपको आज बसेको बैठकले उक्त निर्णय गरेको उक्त ग्रुपमा तदर्थ समितिका संयोजक सुनबहादुर तामाङले कुबेत नेपाल डटकम जानकारी गराएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

शीर्ष नेतालाई राष्ट्रपतिको प्रश्न : भारतसँग कुरा गर्न किन डराउने?


चिरञ्जीवी ढुंगाना
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले डुबान समस्या’bout भारतसँग कुरा नगरेकामा शीर्ष नेतृत्वसँग असन्तुष्टि पोखेकी छन् । सीमा क्षेत्रमा भारतले निर्माण गरेका बाँध÷तटबन्धका कारण तराई÷मधेसका भूभाग डुबानमा पर्दा जनताले दुःख-कष्ट भोग्न बाध्य भएकै बेला राष्ट्रपति भण्डारीले शीर्ष नेताहरूसँग यस्तो असन्तुष्टि पोखेकी हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

पत्रकार महासंघको महाधिवेशन आजदेखि सुरु


४ भदौ, काठमाडौं । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशन आजदेखि सुरु हुँदैछ । ‘व्यवसायिक पत्रकारिताको आधार: प्रेस स्वतन्त्रता र श्रम अधिकार’ भन्ने मूल नाराका साथ काठमाडौंमा महाधिवेशन सुरु हुन लागेको हो । महाधिवेशनको उदघाटन प्रधानमन्त्री शेरबहादुर देउवाले बिहान १० बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा गर्ने कार्यक्रम तय भएको छ । जिल्ला–जिल्लाबाट महाधिवेशनमा भाग लिनका लागि आएका पत्रकार अहिले महाधिवेशन स्थलमा भेला हुन थालेका छन् ।

पढ्नेक्रम जारी राख्नुहोस्

विस्थापितलाई राहतमै पक्षपात


अखण्ड भण्डारी, कुम्भराज राई, मोलुङ (ओखलढुंगा)
भाद्र ४, २०७४- २०५८ वैशाख २५ गते सिरिचौर डाँडाबाट ठूलो ढुंगो खसेर मुनिको केउरिनी गाउँका बस्ती लछार्दै गयो । त्यसमा परेर २२ जनाको मृत्यु भयो । त्यसयता पनि बेला–बेला पहिरो गइरहन्थ्यो । गाउँले भाग्दै, बच्दै गर्थे । २०७२ को महाभूकम्पले डाँडाकाँडा हल्लाउँदा पहिरो झन् झरेको झर्‍यै हुन थाल्यो । बस्नै नसकिने अवस्था आयो । गाउँले विस्थापित भए । भूगर्भविद्हरूले पनि ‘यो ठाउँ बस्न असुरक्षित छ’ भनी प्रतिवेदन दिए । पढ्नेक्रम जारी राख्नुहोस्