कुबेत नेपालडटकम
गैर-आवासिय नेपाली सँघ कुवेतको ५ अाैं राष्ट्रिय ऐतिहासिक अधिवेशन हिजो कुवेत सिटीको INN&GO KUWAIT PLAZA HOTEL मा सम्पन्न भएको छ । अधिवेशनले पुन. अर्जुन तामाङलाई अध्यक्षमा निर्बिरोध निर्वाचित गर्दै २८ सदस्यीय नया कार्यसमिति २०१७-२०१९ को लागि चयन गरेको छ ।
नव निर्वाचित कार्य समिती यस प्रकार रहेको छ।
ICC कोर्डिनेटर – अमित राई
अध्यक्ष – अर्जुन तामाङ
उपाध्यक्ष – अनिल लामा
उपाध्यक्ष –अमृत बहादुर गुरुङ
उपाध्यक्ष –सुमित्रा देवी पौडेल
महासचिव – हरिकुमार लावती
सचिव – उमेश फुयाँल
कोषाध्यक्ष – हर्कबहादुर मोक्तान
महिला संयोजक – सुष्मिता लिम्बु
युवा संयोजक – गणेशबहादुर रावत
सदस्यहरुमा:
१ रमेशकुमार राई
२ अक्कलमाया सुनुवार
३ उत्तर कुमारी सुनुवार
४ अमृता बान्तवा
५ बुद्धिमान तामाङ
६ सुवास श्रेष्ठ
७ गोविन्द न्यौपाने
८ गीता गुरुङ
९ मुकुन्द कार्की
१० रेशम बि. क.
११ शिवरमिता तामाङ
१२ रमिता तामाङ
१३ निमा ग्याल्बो लामा तामाङ
१४ श्याम कुमार लामा
१५ सुन्दर गिरी
१६ कुमार पुरी
१७ राम जी गुरुङ
१८ सुनिता ताम्राकार
कुवेतको कुबेत को सिटी स्थित INN &GO KUWAIT PLAZA HOTELमा आयोजना गरिएको अधिबेशनले निवर्तमान अध्यक्ष अर्जुन तामाङ पोखरेलको सभापतित्व र निबर्तमान महासचिव – अमित राई ले सञ्चालन रहेको कार्यक्रममा कुवेतका नेपालीदुतावास पल्नु भएको महामहिम राजदुत यज्ञ बहादुर हमालको प्रमुख अातिथ्यता रहेको थियो भने निबर्तमान उपाध्यक्ष झबिन्द्र बन्जाडेले स्वागत मन्तब्य दिंदै सम्पूर्ण अतिथिहरुको स्वागत गर्नु भएको थियो ।
कार्यक्रममा कुवेतको नेपाली समाजका कृयाशिल बिभिन्न सँघ-संस्थाका प्रतिनिधि, पत्रकार, खेलाडी लगायत अन्य बुद्दिजिवीहरुको आतिथ्यता रहेको थियो । भने सभापति, प्रमुख अतिथी र बिशेष आथितीहरुले संयुक्तरुप द्दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्दै नेपालको राष्ट्रिय गान र तमु राष्ट्रिय गित बजाई कार्यक्रमलाई मुर्त रुप दिईएको थियो। यसैगरी अधिबेशन सफलताको कामना गर्दै प्रमुख अतिथि राजदुत यज्ञ बहादुर हमाल, सुजन केसि इन्द्र प्रसाद पोख्रेल, कल्याण श्रेष्ठ, खोप गुरुङ,राज कुमार थापा, रमेश किराँती, धुर्व कुमार सङ्रौला, जय आले, धिरेन्द्र पन्त, नबराज पन्थी, राजेन्द्र तामाङ लगायतले नयाँ कार्यसमिती लाई शुभकामना मन्तव्य दिएका थिए ।
कार्यक्रमलाई भब्य सफाल पर्नको लागि (BOOM REMIT) ( KATHMANDU AIR CARGO SERVICE) मुख्या प्रायोजन गरेको थिए। भने मध्य पश्चिम सेवा समाज, कुवेत ले स्टेज ब्यानर सौजन्य गरेका थिए . कार्यक्रमक लाई थप मनोरन्जन गराउन अमीसा लोप्चन र नेहा राईको नृत्यले कार्यक्रममा उपस्थित सम्पूर्ण दर्शकहरु लाई झनै मनोरन्जन दिलएको थिए।
उक्त समारोहमा २०१५ देखि २०१७ सफल कार्यकालको उच्च सम्मान गर्दै संरक्षक, सल्लाहरकार लगायत सम्पुर्ण कार्य समितिलार्इ कादर पत्र प्रदान गरिएको थियो । त्यसै गरी महामहिम राजदूत यज्ञ बहादुर हमाल र निबर्तमान आइसिसी कोअर्डिनेटर सुजन केसीलाई विशेष सम्मान गर्दै मायाको चिनो प्रदान समेत गरिएको थियो । सोही महाधिबेशनमा अर्जुन तामाङको अध्यक्षतामा निर्बिरोध रूपमा नया कार्यसमिति चयन भएको घोषणा निर्बाचन समितिका तर्फबाट कोषराज रार्इले घोषणा गरेका थिए ।
अन्तमा कार्यक्रमको समापन गर्दै अध्यक्ष अर्जुन तमाङ ले कार्यक्रममा लाई सफलताका साथ सम्पन्न गर्न अहोरात्र खटनु भएका संस्थाका पदाधिकारी तथा सदस्यहरु लगायत शुभचिन्तक सहयोगिहरु सबै प्रति आभार ब्यक्त गर्दै उपस्थित भएर कार्यक्रम सफल पार्न हुने सम्पूर्ण सहयोगी कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ-संस्था, समाजसेवी, बुद्दिजिबी तथा भद्र-भलादमी, पत्रकार,खेलाडी, तथा कलाकारहरु सम्पूर्ण कुवेतवासी नेपाली दर्शकहरुलाई सबैलाई बिशेष धन्यवाद ब्यक्त गर्नु भएको थिए।