एनआरएनए/एनसीसी कुवेतको पाँचौं राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तैयारी पुरा


कोशराज राई/कुवेत

अगष्ट १७, कुवेत । गैर आवासिय नेपाली संघ (एनआरएनए)/ राष्ट्रिय समन्वय परिषद (एनसीसी) कुवेतको भोली आयोजना हुने पाँचौं राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तैयारी पुरा भएको छ ।

कुवेतको मालिया स्थित ईन एण्ड गो (INN & GO) कुवेत प्लाजा होटलमा आयोजना हुने कार्यक्रममा कुवेत स्थित नेपाली राजदूतावासका महामहिम राजदूत यज्ञबहादुर हमाल प्रमुख अतिथि रहने छन् । यसैगरी बिशिष्ठ अतिथिहरुमा साउदी अरबबाट केन्द्रिय सदस्य जोन अर्यालको उपस्थिति रहने छ ।

बुम रेमिट मु्ख्य प्रायोजक रहेको पाँचौं राष्ट्रिय महाधिवेशनको सह-प्रायोजक काठमाण्डौं एयर कार्गो रहेको छ । कार्यक्रममा सहभागिताको लागि सुरक्षालाई ध्यानमा राखी आयोजकले पञ्जिकृत सदस्यता कार्डको व्यवस्था भएको हुँदा सहभागिता जनाउनु हुने महानुभावहरुले आफुसंग रहेको पञ्जिकृत सदस्यता कार्ड लिएर उपस्थित भई दिनुहुन परिषदका अध्यक्ष अर्जुन तामाङले अनुरोध गरेका छन् । कुवेतका सम्पूर्ण कृयाशिल संघ संस्थाका प्रतिनिधि, समाजसेवी, पत्रकार खेलाडी लगायतका महानुभावहरुलाई ईमेल मार्फत पत्राचार गरीसकिएको र भूलबस पत्र प्राप्त नभएको खण्डमा यसै समाचारलाई आधार मानि कार्यक्रममा उपस्थित भईदिन हुन महासचिव अमित राईले बिनम्र अनुरोध गरेका छन् ।

कार्यक्रम हुने :
मिति : अगष्ट १८, २०१७
स्थान : ईन एण्ड गो (INN &GO) कुवेत प्लाजा होटल ।
समय : मध्यान्ह ठिक १२ बजे ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )