आजदेखि दूधको मूल्य लिटरमा ६ रुपैयाँ बढ्यो, उपभोक्ता मूल्य लिटरको ७० रुपैयाँ


प्रकाशित मिति: Aug 16, 2017 काठमाडौं।सरकारले विहिवारदेखि लागु हुनेगरि दूधको मूल्य लिटरमा ६ रुपैयाँ बढाउन स्वीकृती दिएको छ।

विहिवारदेखि दुग्ध विकास संस्थान र निजी डेरीको दूधको मूल्य प्रतिलिटर ७० रुपैयाँ हुनेछ।दुग्ध विकास बोर्डले दूधको मूल्य ६ रुपैयाँ बढाउन स्वीकृति दिएलगतै विहिबारदेखि नयाँ मूल्य कार्यान्वयनमा आउन लागेको हो।एक प्याकेट(आधा लिटर)दूधको मूल्य ३५ रुपैयाँ कायम भएको छ।यसअघि दूधको मूल्य लिटरको ६४ रुपैयाँ थियो। बोर्डका अनुसार बढेको मूल्य अनुसार किसानले एक लिटरमा ४ रुपैयाँ १४ पैसा पाउँछन्।दूध बिक्री गर्ने बुथम्यानले एक लिटरमा एक रुपैयाँ पाउनेछन् भने दूध प्रशोधन गर्ने उद्योगले लिटरमा ८६ पैसा मात्रै पाउनेछन्।सरकारले तीन वर्षपछि दूधको मूल्य बढाउन स्वीकृती दिएको हो।यसअघि २०७१ सालमा दूधको मूल्य प्रतिलिटर आठ रुपैयाँ मूल्य बढेको थियो।

डेरी उद्योग संघ नेपालका अध्यक्ष अरनिको राजभण्डारीले तीन वर्षपछि दूधको मूल्य बढेको बताउँदै बढेको मूल्यमा पनि सबैभन्दा बढी किसानलार्इ फाइदा पुग्ने बताए।‘दूधको मूल्य बढ्दा त्यसको ६९ प्रतिशत हिस्सा किसानले पाउँछन्।दूध उत्पादन गर्ने किसानले बढी रकम पाउँदा दुग्ध क्षेत्रमा किसानको सहभागिता बढ्ने अपेक्षा छ’उनले बिजमाण्डूसँग भने।

उनका अनुसार दूधको मूल्य बढेपछि दूधबाट बन्ने अरु परिकारको मूल्य पनि बढ्नेछ।उनले एक/दुर्इ दिनभित्रै दूध वाहेक घिउ,दही,पनिर लगायतका वस्तुको मूल्य समेत बढ्ने जानकारी दिए।दूधको मूल्य समायोजनका लागि दुग्ध विकास संस्थान,डेरी उद्योग संघ,सरकारी प्रतिनिधी लगायतको अध्ययन समिति बनाएको थियो।अध्ययन समितिको प्रतिवेदनका आधारमा दूधको मूल्य बढाइएको हो।

स्रोत:- बिजमाण्डु

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )