पूर्वी तराई ‘ब्ल्याकआउट’, ठाउँ-ठाउँका सबस्टेशन डुबे


२९ साउन काठमाडौं । तीन दिनयताको अविरल वर्षाका कारण पूर्वी तराईमा विद्युत आपुर्ति बन्द भएको छ । विभिन्न स्थानमा सबस्टेशन पानीले डुबाउनुका साथै केही स्थानमा ट्रान्समिसन लाइन ढलेपछि पूर्वी तराई ‘ब्ल्याकआउट’ भएको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ । प्रणाली सञ्चालन विभागका प्रमुख बिष्णुकुमार श्रेष्ठका अनुसार सिरहाको लहानदेखि पुर्वका सबै तराई जिल्लाहरुमा अहिले विद्युत आपूर्ति हुनसकेको छैन ।

उनले भने ‘शुक्रबार मध्यरातदेखिको अविरल वर्षाका कारण तराईका थुप्रै जिल्ला डुबानमा परेका छन्, यस्ता जिल्लामा विद्युत वितरण गर्नका लागि बनेका सबस्टेशन पनि डुबेका कारण पूर्वि तराई पुरै ब्ल्याकआउट भएको छ ।’

पानीको लेभल घटिहालेपनि तत्काल विद्युत आपुर्ति हुनसक्ने स्थिति छैन । यस्ता डुबेका स्बस्टेशनहरु चेकजाँच पछि मात्रै विद्युत सुचारु गरिने श्रेष्ठले बताए ।

बाढीका कारण केहि स्थानमा ट्रान्समिसन लाइनका पोलहरु पनि ढलेका छन् । जसका कारण पनि पूर्वी तराइमा विद्युत प्रसारण हुन सकेको छैन । श्रेष्ठका अनुसार काबेली करिडोर अन्र्तगतको ट्रान्समिसनलाइन ढलेको छ ।

पश्चिमको तराई भागमा भने अहिलेसम्म बिद्युत आपुर्ति रोकिएको खबर नआएको श्रेष्ठ बताउँछन् । उनले भने ‘पश्चिम तराईमा अहिलेसम्म विद्युत आपूर्तिको लागि भने समस्या देखिएको छैन । ‘

सबस्टेशनहरु डुवानरहित बनेको २ दिनपछि मात्रै त्यस्ता स्थानमा बिद्युत आपूर्ति गर्न मिल्ने विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार खिम्ती ढल्केबर १३२ केभी प्रशारण लाइनमा पनि समस्या आएको छ ।

हेटौंडा ढल्केबर प्रशारण लाइनमा ठुला रुखहरु ढलेको कारणले पनि उक्त ’roundको क्षेत्रमा विद्युत आपूर्तिमा अवरोध आएको छ । पूर्वी चितवनमा पनि विजुली आपूर्ति ठप्प छ ।(अन्लाईनखबर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )