दूतावास कुवेतमा “श्रमिकको साथी” विमोचन, निशुल्क बितरण गरिदै


आकाश शेर्पा,कुबेत

कुवेत, अगस्ट १२- नेपाली राजदुतावस कुवेतले कुवेतमा रहेका नेपाली कामदारहरुलाई सहजताको लागि लक्षीत गरी “श्रमिकको साथी”नामक हातेपुस्तिकाको विमोचन गरी नि: शुल्क बितरण गरेको छ ।

कुवेतमा रहेका कामदारहरुलाई असहज बातावरणलाई सहजता बनाउनको लागि विभिन्न समयमा कामदारहरुले गर्नु पर्ने क्रियाकलाहरु र गर्न नहुने कुराहरुलाई नेपाल सरकारको तर्फबाट प्रतक्ष साक्षत्कार गरेको विश्वाश दुतावास परिवारले लिएको छ ।

कुवेत सरकारले लागु गरेको कानुन श्रमिकको हक हितको लागि चाहिने कुराहरुलाई समेटिएकोले केहि मात्रामा भएपनि नेपाली कामदारहरुमा आईपर्ने समस्याबाट दु:ख नपाउन भन्ने आशा दुतावासलेलिएको छ ।

कार्यक्रममा उपस्थित वक्ताहरुले कुवेतमा रहेको समस्या र समाधान देखि लिएर हरेक महत्वपुर्ण कुराहरुलाई समेटिसकेकोले अझ आउदो संस्करणलाई प्रवाभकारी रुपमा ल्याउनमा कुवेतमा क्रियाशील संघ संस्थाबाट विशेश भूमिका खेल्नु पर्ने बताए ।

कार्यक्रममा बोल्दै नेपाली दुतावास कुवेत राजदुत यज्ञबहादुर हमालले नेपालीहरुको रोजगारको निम्ती र नया प्राविधिक रोजगारको पनि सिर्जना गर्न लागिरहेको जानकारी दिए । साथै कुवेतमा विभिन्न घटनाबाट अल्पायुमै निधन हुने श्रमिककोहरुको क्षतिपुर्ती लागि पनि सकेसम्म छिटो गर्दै गएको र आउने दिनमा पनि यसलाई अझ प्रवाभकारी बनाउदै लैजाने प्रतिबद्धता ब्यक्त गर्दै राजदुतावसले कन्सुलर र हटलाईनको ब्यबस्था गरेर श्रमिकको समस्यालाई तत्काल समाधानमा लाग्ने गरी कार्यहरु गरिरहेकोले अझ नेपाली जनसमुदायको साथ विभिन्न संघ संस्थासँग मिलेर जान चाहेको पनि बताए ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )