जब आङ काजीलाई प्रतक्ष्य भेंटे


डम्बर प्रसाद रिमाल, कुवेत 

कुवेतमा १७ डिसेम्बर १९९९ मा स्थापित १८ बर्ष लामो गौरवमय इतिहास बोकेको र नेपालको खेलकुद परिषदमा दर्ता गरिएको संस्था “माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काडमाण्डौ-कुवेतको सातौ अधिवेशन समारोहको प्रांगणमा १० अगष्ट २०१७ बिहिवार बेलुकी नेपाल आदिवासी जनजाती महासंघका पुर्व केन्द्रिय महासचिव तथा प्रखर वक्ता आङ काजी शेर्पालाइ विशेष अतिथीका रूपमा स्वागत गर्न पाउँदा मलाइ कता कता खुशी त कता कता अप्ठ्यारो पनि महसुस भएको थियो कुवेतमा उहाँको आगमन ११ अगष्ट २०१७ मा २३औं जनजाती दिवस मनाउनका निमित्त नेपाल जनजाती महासंघ कुवेत शाखाले कुवेतमा झिकाएको थियो । क्लवको कार्यक्रम जहाँ कुनै किसिमको राजनैतिक दलका नेताको आवश्यकता थिएन र रहने कुरो पनि भएन ।विशुद्ध खेलकुद संस्था र सामाजीक कामको लागी “बिकाश, शान्ती, अनुशासन र गतिशिलता” भन्ने नारालाइ आत्मसात गरेर अघि बढेको क्लब जस्तोसुकै परिस्थितिमा पनि अनगिनत बाधा अवरोध र तिता मिठा अनुभवहरु बटुल्दै प्रबासको नेपाली समाजमा एकनास आफ्नो गतिमा बढीरहेको छ ।

क्लबमा स्थापनाको समय पहिलो अध्यक्ष अनिल कुमार राई(जनजाती), दोश्रो बाल कुमार गुरूङ(जनजाती), तेश्रो किरण पौड्याल(गैर जनजाती), चौथो धर्मराज गरी(गैर जनजाती), पाचौ जय आले मगर(जनजाती), छैटौं जितेन थिंग तामाङ (जनजाती) र नव-नियुक्त सातौं अध्यक्ष इन्द्र प्रसाद पोखरेल(गैर जनजाती) हुनु भएको छ । यसैगरी, क्लबका बरिष्ठ सल्लाहकारहरु राजेन्द्र तमाङ्, मित्र सिंजाली, संरक्षक बाल कुमार गुरूङ, सल्लाहकारहरु गिता तमाङ्, खोप गुरूङ(जनजाती) र संरक्षक धर्मराज गिरी तथा सल्लाहाकार राजन कुँवर(गैर जनजाती) हुनु हुन्छ । यस हिसाबमा पनि क्लबमा जन-जातीहरूको हमेशा बाहुल्यता रहेको छ भन्दा फरक नपर्ला ।

यस क्लबमा म ब्राम्हणको छोराले सचिवको भुमिका निर्वाह गरेको आज एक कार्यकाल पुरा गरेर अर्को कार्यकालको लागि थप निरन्तरता पाएको छु । क्लवभित्र मलाइ यतिका जनजातीहरूको बिचमा रहेर काम गर्न कुनै किसिमको बाधा महसुस भएन भन्नै पर्दा मलाइ एउटा बाबाले छोरालाइ ताते ताते डोर्‍याएर हिंडाउन सिकाए झैं समाज र संस्थाको बिचमा हिंड्न सिकाउने व्यक्ती नै क्लबका खम्बा पुर्व अध्यक्ष जय आले मगर(जनजाती) नै हुन र उनले गरेको संस्थागत उपकारलाई मैले मात्र नभएर क्लव परिवारले नै भुल्न सकिने छैन भने जय आलेले फेरी पूर्ण प्रेणाको रुपमा अर्का पुर्व अध्यक्ष किरण पौड्याल(गैर जनजाती)लाई मान्दछन । यो नै एउटा क्लवको समानता र बिभेद नभएको निष्पक्षताको आधार हो ।

तर जनजाती नेता आङकाजी शेर्पाको पहिलो दुश्मन म बाहुन दुःख गरी कमाएर आफ्नो र बाल बच्चा परिवारको भविष्य बनाउन भनि अरबको ५१ डिग्रिको तातो घाममा मजदुर गर्ने म बाहुन । आज बाहुन काट्ने र बाहुनको आलो रगत चाट्ने अभिब्यक्ती दिने नेतालाइ मैले अतिथीको आशनमा बसाउदा मलाइ लोकले के भन्ला ? भोली तस्विर सार्वजनिक भयो भने कत्तिले सराप्लान ? कार्यक्रममै उपश्थीती नहुँदा पनि नहुने किनकि सचिव जस्तो पदमा बस्दा उक्त पदको कदर गर्न जिम्मेवारी लिनै पैर्ने कसैगरि पनि कार्यक्रम सफल पार्न जानै पर्ने । त्यसमा पनि यो अधिवेशनमा अध्यक्ष महोदयको कार्य ब्यस्तताको कारण कार्यक्रम सफल पार्न ७५ प्रतिशत कामको जिम्मेवारी लिएर काम गरेको थिए । हुन त जनजाती नेता आङकाजी शेर्पाको ’boutमा हामी गैर जनजातीहरू बिच चर्चा नभएको पनि हैन ।

कार्यक्रम सफल पार्नको लागी कुवेत स्थित विभिन्न संघ सस्थाका पदाधिकारी अध्यक्ष महोदयलाइ निमन्त्रणा गरेका थियौं । त्यसैगरी आदिवासी जनजाती महासंघ कुवेत साखाका अध्यक्ष रमेश किरातीले फोन मार्फत के गर्ने नेता ज्यु संग हुन्छु भन्नु भयो, क्लवकै बरिष्ठ सल्लाहकार राजेन्द्र तमाङ् ज्युले पनि के गर्ने नेता मेरोमा हुनुहुन्छ आउदा संगै आउनु पर्यो नभए म पनि आउन नसक्ने भए भाइ भन्दा मैले के भन्ने ? हुन त हामिले अधिवेशनमा आदिबासी नेता आङ काजीलाई बिशेष अतिथिको रुपमै बोलाउने भनेर हाम्रो बोर्ड मिटिङले नै पारित गरेरै क्लवको अधिवेशन नै १० अगष्तको बेलुकी पारेका थियौं । तर क्लवको उक्त निर्णय बाहिर पोख्ने जमर्को कसैले गर्न सकेका थिएनौ किनकी वहाँ बाहुन बिरोधी अभिब्यक्ति दिएर कहलिएका एउटा डरलाग्दो ब्यक्ती तै पनि मैले आदिवासी जनजाती महासंघ कुवेत साखाका अध्यक्ष रमेश किराती राइ र क्बलका बरिष्ठ सल्लाहकार राजेन्द्र तमाङ्ग ज्युलाई नै वहाँ हाम्रो अतिथीमा हुनुहुन्छ लिएर आउनुस तर क्लव कुनै राजनिति दल या समुह हैन नेता ज्युलाइ यो कुराको पुर्व जानकारी दिनु होला भन्ने कुरा साहस जुटाएर एक सचिवको पदलाई आत्मसात गरेर भनेको थिए ।

वहाँहरूले पनि हुन्छ भन्नु भो, नेता हाम्रो ऐतिहासिक सातौ अधिवेशनको निमन्त्रणा लाइ स्विकार्दै कार्यक्रममा आउनु भो, शुभकामना मन्तब्य दिनु भो हामि चुच्चे नाकहरूसित बसेर भलाकुसारी गर्नु भो, अन्तमा उहाँले नेपालका जनजातीका लागी मात्र नभइ दलित, महिला, थारू, मधेशी, अपांग र तमाम उत्पिडित बर्ग जसमा कर्णालीका बाहुन अछाममा भारी बोक्दै हिड्ने र तपाइहरू जस्तै खाडिको तातो बालुवामा पिल्सिएर रगत पसिनासित पैसा साट्ने बाहुनहरूको हक र अधिकारको लागी लडेको हुँ । कुनै अमुक मुट्ठी भरका बाहुन भित्र पनि अतिवादी सोच भएका शासकहरू सित मेरो गुनासो हो न की तपाइहरू जस्तो बाहुन जो आफ्नो दुःख गर्दै रगत र पसिना सित पैसा साट्दै बच्चा र परिवारको शिक्षा दिक्षाको लागी सुन्दर देशलाइ छाडेर यो मरूभुभुमिको तातो बालुवामा दिन बिताइ रहेकाहरू सित मेरो कुनै दुश्मनी छैन बरू ति बाहुन जो दुःख गरेर जिविको पार्जन गर्छन तिनिहरूको निम्ती मेरो ज्यानको रगत अर्पण गरेर तिनिहरूको हक र अधिकारको लागी लड्ने छु भन्दै राजा, राणा, प्रजातन्त्र, बहुदल अहिले गणतन्त्र सम्म आइपुग्दा केही अमुक ब्याक्तिहरूले हामीलाइ थिचो मिचोमा पारेको र म त्यही कुरालाइ लिएर उठ्दा राज्यले मलाइ बाहुन बिरोधी बनायो । पित पत्रकारीताले मलाइ बाहुन काट्ने र आलो रगत चाट्ने जस्ता भ्रमहरू फैलाएर मलाइ रातारात राक्षस बनाइ दिए तर म त्यो अवधारणाको व्यक्ती किमार्थ होईन यदि यसो भनेको हुँ भन्ने प्रष्ट पार्नुस म मेरो जिवनभर राजनिति पेशालाइ अँगाल्ने छैन भन्दै स्टेजबाटै राज्य पक्षलाइ चुनौती समेत दिनु भयो ।

अन्तमा मैले बुझेंको राजनेता, गुरू, पिता, देवता, यिनिहरू सबै दुःखी जनताका लागी एकै नाशका हुन त्यसैले नेता आङकाजी शेर्पा प्रती मेरो कुनै गुनासो छैन ।

Advertisements

One response to “जब आङ काजीलाई प्रतक्ष्य भेंटे

  1. शान्ति राई

    Write understand …
    तपाईँलाई किन गुनासो र म पनि अलिकति चित्त नबुझेकै शब्दहरूको टिक्का टिप्पणीहरू गर्ने नै गर्छु ..
    ब्याक्तिको आ-आफ्नै बुझाई हुन्छ र आदिबासिहरूको पनि नाम मात्रै आदिबासिहरूको भेष-भुषाहरू लाई भोक्मारी अनिकालमा चाहिँ औंचो पैंचो गर्ने आदिबासिहरूको खोल ओढेर स्टेजहरू मा चार पाथि छेरिन्जल भुक्नेहरू पनि प्रत्यक्ष रूपमा छन् र ब्राह्मणहरू पनि यस्ता-यस्तै खालेहरू पनि प्रत्यक्ष रुपमा देखिएको छन् …..
    तपाईँले आदिबासिहरूको लागि जत्तिनै बिरोध गर्नु भएको छ त्यतिकै आदिवासीहरूले पनि तपाईँको शब्द-शब्दहरूमा टिक्का टिप्पणी दिएकै छन् ….
    किन भने हामी सबैलाई आफ्नो को माया लाग्छ नै ।।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )