कुवेतबाट चारवटा संस्थाले संयुक्त रुपमा बाढी पीडित राहत सहयोग अभियान संचालन गर्ने


कोशराज राई/कुबेत

अगष्ट १३, कुवेत । देशभर भएको अबिरल बर्षा र त्यसबाट आएको बाढी पहिरो लगायतको प्राकृतिक प्रकोपद्वारा भएको जन धमकों क्षति प्रति दु:ख प्रकट गर्दै कुवेतबाट चारवटा संस्थाहरु किरात राई यायोक्खा कुवेत, खोटाङ कुवेत सम्पर्क मञ्च, भोजपुर सेवा समाज कुवेत र मोरङ सुनसरी सेवा समाज कुवेतले संयुक्त रुपमा बाढी पीडित राहत सहयोग अभियान संचालन गर्ने निर्णय गरेको छ ।

चाररवटै संस्थाका अध्यक्षहरुको आपतकालीन अनलाईन बैठकबाट निर्णय गरी मन्जित राईको संयोजकत्वमा किरात राई यायोक्खा कुवेत, खोटाङ कुवेत सम्पर्क मञ्चका र भोजपुर सेवा समाज कुवेत र मोरङ सुनसरी सेवा समाजका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु अभियानका सदस्य रहने गरी “बाढी पीडित राहत सहयोग अभियान” समिति गठन गरेको छ ।

समितिले बाढी पीडित राहत सहयोग अभियान संचालनको कुवेतवासी सम्पूर्ण नेपालीहरुलाई जानकारी गराउने र सहयोगको लागि आव्हान गर्ने । उठेको सहयोग रकमलाई पारदर्शी ढंगले सार्वजनिक गर्ने । नेपाल सरकारको सम्बन्धित निकायसंग समन्वय गरी राहत बितरण गर्ने निर्णय समेत गरेको छ ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )