Daily Archives: 13/08/2017

जब आङ काजीलाई प्रतक्ष्य भेंटे


डम्बर प्रसाद रिमाल, कुवेत 

कुवेतमा १७ डिसेम्बर १९९९ मा स्थापित १८ बर्ष लामो गौरवमय इतिहास बोकेको र नेपालको खेलकुद परिषदमा दर्ता गरिएको संस्था “माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काडमाण्डौ-कुवेतको सातौ अधिवेशन समारोहको प्रांगणमा १० अगष्ट २०१७ बिहिवार बेलुकी नेपाल आदिवासी जनजाती महासंघका पुर्व केन्द्रिय महासचिव तथा प्रखर वक्ता आङ काजी शेर्पालाइ विशेष अतिथीका रूपमा स्वागत गर्न पाउँदा मलाइ कता कता खुशी त कता कता अप्ठ्यारो पनि महसुस भएको थियो पढ्नेक्रम जारी राख्नुहोस्

कुवेतबाट चारवटा संस्थाले संयुक्त रुपमा बाढी पीडित राहत सहयोग अभियान संचालन गर्ने


कोशराज राई/कुबेत

अगष्ट १३, कुवेत । देशभर भएको अबिरल बर्षा र त्यसबाट आएको बाढी पहिरो लगायतको प्राकृतिक प्रकोपद्वारा भएको जन धमकों क्षति प्रति दु:ख प्रकट गर्दै कुवेतबाट चारवटा संस्थाहरु किरात राई यायोक्खा कुवेत, खोटाङ कुवेत सम्पर्क मञ्च, भोजपुर सेवा समाज कुवेत र मोरङ सुनसरी सेवा समाज कुवेतले संयुक्त रुपमा बाढी पीडित राहत सहयोग अभियान संचालन गर्ने निर्णय गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

कृषि क्रान्ती, गाउँमै तरकारी खेतीमा हस्तबहादुर



साउन २७, २०७४ ओखलढुंगा
: ओखलढुंगाका एक युवा विदेशमा मासिक एक लाख तलबको काम छाडेर आफ्नै गाउँमा व्यावसायिक रुपमा तरकारी खेती गर्न थालेका छन्। सात वर्ष वैदेशिक रोजगारीमा रहेका ओखलढुंगा मोलुङ गाउँपालिका–१ कुन्तादेवीका हस्तबहादुर बोगटीले तरकारी खेती गर्न थालेका हुन्। बोगटीले भने,‘विदेशमा हुँदा मासिक १ लाख कमाइ हुन्थ्यो तर, बिमार हुँदा उपचार गराउँदा र खेती कमाइ उठाउन र लगाउन घरमा पैसा पठाउँदा धेरै पैसा बच्तैनथ्यो। त्यसैले पैसा बचत पनि  हुने र परिवारसँगै बसेर आफ्नै भूमिमा काम गर्न पाइने हुनाले व्यावसायिक रुपमा तरकारी खेती थालेको हुँ।’ पढ्नेक्रम जारी राख्नुहोस्

पूर्वी तराई ‘ब्ल्याकआउट’, ठाउँ-ठाउँका सबस्टेशन डुबे


२९ साउन काठमाडौं । तीन दिनयताको अविरल वर्षाका कारण पूर्वी तराईमा विद्युत आपुर्ति बन्द भएको छ । विभिन्न स्थानमा सबस्टेशन पानीले डुबाउनुका साथै केही स्थानमा ट्रान्समिसन लाइन ढलेपछि पूर्वी तराई ‘ब्ल्याकआउट’ भएको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ । प्रणाली सञ्चालन विभागका प्रमुख बिष्णुकुमार श्रेष्ठका अनुसार सिरहाको लहानदेखि पुर्वका सबै तराई जिल्लाहरुमा अहिले विद्युत आपूर्ति हुनसकेको छैन । पढ्नेक्रम जारी राख्नुहोस्

[अपडेट] बाढी, पहिरोका कारण मुलुकभर कम्तीमा ४७ जनाको मृत्यु, ३६ बेपत्ता, २० घाइते


३ हजार ५ सय ६१ परिवार विस्थापित
श्रावण २९, २०७४- अविरल वर्षाका कारण मुलुकभर गएको पहिरो र बाढीका कारण ४७ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।गृहमन्त्री जनार्दन शर्माको सचिवालयका अनुसार आइतबार बिहान पौने ११ बजेसम्ममा देशका विभिन्न जिल्लामा बाढी, पहिरो र डुबानबाट ४७ को मृत्यु, ३६ बेपत्ता र २० जना घाइते भएका छन् । त्यस्तै ३ हजार ५ सय ६१ परिवार विस्थापित भएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

दूतावास कुवेतमा “श्रमिकको साथी” विमोचन, निशुल्क बितरण गरिदै


आकाश शेर्पा,कुबेत

कुवेत, अगस्ट १२- नेपाली राजदुतावस कुवेतले कुवेतमा रहेका नेपाली कामदारहरुलाई सहजताको लागि लक्षीत गरी “श्रमिकको साथी”नामक हातेपुस्तिकाको विमोचन गरी नि: शुल्क बितरण गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

यास पलिको तिजमा छमछ्मी नाचिने कुवेतमा रहेका सम्पूर्ण नेपाली चेलीहरुलाई चुले निम्तो


कुबेत नेपालडटकम

अगष्ट १३ कुबेत, आगामि शुक्रबार कुवेतमा हुने तिज अगस्ट २५ तारिख शुक्रबार(भाद्र-९-२०७४) हुने तिज बिशेष सांस्कृतिक कार्यक्रमको तयारी पुरा भएको आयोजकले जनाएको छ। पढ्नेक्रम जारी राख्नुहोस्