अभियान्ता आङ काजी शेर्पा,को प्रमुख आतिथ्यता मा २३औ विश्व आदिवासी दिबस मनाए


कुवेत नेपालडटकम

१२ अगष्त २०१७ कुबेत । “विश्वभरका आदिवासी जनजातीहरु एक हौ” भन्ने मुल नाराका साथ २३ औ विश्व आदीवासी जनजाती दिवस कुवेतमा हिजो ११ अगष्त शुक्रबारका दिन नेपाल जनजाती महासँघ, कुवेत शाखाको बिशेष आव्ह्वान तथा कुवेतमा कृयाशिल सम्पूर्ण जनजाती संस्थाको संयुक्त आयोजनामा मनाईएको छ ।

खास गरेर ९ अगष्तका दिनलाई आदीवासी जनजातीको मुक्तीको दिवस भनेर विश्वका आदिवासी जनजातीहरुले मनाउँदै आएको भए पनी समय अनुकुलता हेरेर रोजगारिको लागि कुवेतमा रहेका नेपालका आदिवासी जनजातीहरुले हिजो ११ तरिक अगष्त २०१७ मा नेपाल बाट पल्नु भएका अभियान्ता आङ काजी शेर्पा,को प्रमुख आतिथ्यता मा शुभकामना आदान प्रदान तथा २३औ विश्व आदिवासी दिबस मनाएका हुन ।

कार्यक्रमलाई महासंघका कुवेत शाखा अध्यक्ष रमेश किराँती”चट्याङ”को सभापतित्व ,प्रमुख अतिथि आङकाजी शेर्पा, विशेष अतिथि नेपाली राजदुतावस कुवेतका द्वितीय सचीवद्वय भोगेन्द्र लिङ्देन र ज्ञानबहादुर मगर,अतिथिहरुमा गैर आवासीय नेपाली समाजका अध्यक्ष अर्जुन तामाङ आइसिसी सदस्य अमीत चाम्लिङ , समाजसेवी राजेन्द्र तामाङ लगायत कुवेतमा क्रियाशिल संघ संस्थाका प्रतिनिधि, बुद्धिजीवी , कलाकार , पत्रकार लगायत आदिवासी जनजातीको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण महासंघका महासचिव अमृत तामाङ र सचीव अर्जुन एकतेन लिम्बूले गरेको थियो ।कार्यक्रमलाई सभापति तथा प्रमुख अतिथि , विशेष अतिथि ,अतिथि लगायतले संयुक्त रुपमा पानसमा बत्ती बाली उद्घाटन गरेको थियो ।

कुवेतलाई कर्मथलो बनाएर बसेका विभिन्न जातजाति संस्था किराँत यायोक्खा, नेपाल तामाङ घेदुङ,मगर संघ कुवेत,तमु समाज कुवेत , तमु प्ये ल्हु संघ कुवेत, नेवा गुठी कुवेत , सुनुवार सेवा समाज कुवेत, किराँत याक्थुम चुम्लुङ कुवेत लगायतले आफ्नो भेषभुषा र संस्कृतिलाई संरक्षण र प्रवर्द्धन गर्दै विभिन्न झाँकीहरु प्रस्तुत गरेका थिए । सोही अवसरमा नेपालबाट आउनु भएका अतिथि आङ्काजी शेर्पालाई महासंघले दोसल्ला ओडाएर सम्मान पत्रको साथ सम्मान गरिएको थियो भने कुवेतमा क्रियाशिल विभिन्न जातिय संस्थाको साथ कार्यक्रमलाई सहयोग गर्ने सम्पुर्णलाई पनि सम्मान पत्र द्वारा सम्मान गरिएको थियो ।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि शेर्पाले आदिवासी जनजाती भनेको के हो? भनेर बुझ्न जरुरी रहेको र २५० वर्ष देखिको विभेद र दमनको विरुद्धमा अब जागरुक हुने बेला आएको बताए । र आदिवासी जनजातीको आन्दोलन भनेको नेपालमा हिन्दु धर्म र खस आर्यको विरोध नभएर समान अधिकारको लडाइँ रहेको विभेदपुर्ण कार्यको विरुद्ध रहेकोले कुनै धर्म जात विरुद्ध नरहेको स्पष्ट हुन आग्रह गरे । संविधानमा जारी भएको कुराहरु धेरै ठाउँमा आदिवासी जनजातीको मागहरु सम्बोधन नभएकोले यसलाई संसोधन गर्नुको विकल्प नरहेको दोहोर्‍याउनु भयो । कुवेतमा घरेलुु कामदारहरुको समस्या कुवेतमा बिकारल रुपमा रहेकोले भाषा र कामको दक्षता बनाएर मात्रै ल्याउन नेपाल बाट श्रम स्विकिर्ती लिएर नेपाली भुमिबाट नै आउने वातावरण बनाउन र श्रीलंका र भारतको बाटो हुँदै आउँदा नेपाली चेलीहरुले धेरै दु:ख भोग्नु परेको त्यस समस्याको समाधान तर्फ ध्यान केन्द्रीत गर्न सम्बन्धित निकायलाई आग्रह गरे । र समस्यामा परेकालाई उद्धारको लागि वकिलको व्यवस्था तत्काल होस् भन्ने आग्रह दूतावासलाई गरेका छन् । साथै नेपालको पर्यटन प्रवर्द्धन गर्न र कुवेतको लगानी नेपाल भित्राउन कुवेत रहेका सरकारी निकाय दूतावास , गैरआवशिय संस्था, जनजाती महासंघ ,नेपाली संघ संस्था मिलेर तत्काल नेपाल टुरिजम फेयर संचालन गरि नेपाल ’bout कुवेतलाई जानकारी दिन र नेपाल एयरलाइन्सलाई सिधा नेपाल कुवेत सञ्चालनको निम्ति पहल गर्न पनि अनुरोध गरे

परदेसी खबरडटकम

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )