कुवेत, अगष्ट १२- सिन्धुपाल्चोक सेवा समाज कुवेतको तदर्थ समिति गठन भएको छ | समिति संयोजकमा माधव पौडेल “असल यात्री” चयन भएका छन् ।
शुक्रबार फर्वानियाको हाम्रो सैलुङगे नेपाली रेष्टुरेन्टमा बसेको सिन्धुपाल्चोक बासीहरूको भेलाले ९ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।नेपाल पत्रकार महासंघ कुवेतका अध्यक्ष समेत रहेका हरिकृष्ण न्यौपानेको बिशेष उपस्थिति एवं कुवेतका सामाजिक अभियन्ताहरुको उपस्थितिमा सम्पन्न भेलाले सुबास श्रेष्ठलाई उपसंयोजक, कृति तामाङलाई महिला संयोजक, प्रदिप कार्कीलाई प्रचार प्रसार एवं हरिकृष्ण न्यौपानेलाई बिधान बनाउने जिम्मेवारी दिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्