कुबेत नेपालडटकम
कुवेतको नेपाली समाजमा १७ बर्षको इतिहास बोकेको संस्था माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब, काठमाण्डौ-कुवेतको सातौ ऐतिहासिक अधिवेशन हिजो ९ अगष्त २०१७ का दिन कुबेत को फरवानिया स्थित अल हाइतम रेष्टुरेन्टमा सम्पन्न भएको छ ।
कुवेतको कुबेत को फरवानिया स्थित अल हाइतम रेष्टुरेन्टमा आयोजना गरिएको अधिबेशनले निवर्तमान उपाध्यक्ष (ईन्द्र पोखरेल) अध्यक्षतामा २० सदस्यिय नयाँ कार्यसमिति चयन गरेको छ । क्लबक उपाध्यक्ष ईन्द्र पोखरेलको सभापतित्व र बरिष्ट सदस्य ईन्द्र भुसालको सञ्चालन रहेको कार्यक्रममा कुवेतका नेपालीदुतावास पल्नु भएको दित्तिय सचिव भोगेन्द्र लिङदेन,को प्रमुख आतिथ्यता रहेको थियो भने कलब को बरिष्ट सदस्य जय आले मगर ले स्वागत मन्तब्य दिंदै सम्पूर्ण अतिथिहरुको स्वागत गर्नु भएको थियो ।
कार्यक्रम लाई २३ औँ विश्व आदिवासी दिवसको सम्बोधन गर्न नेपाल बाट पल्नु भएका अभियान्ता आङ काजी शेर्पा, क्लबका संस्थापक एवं बरिष्ट सल्लाहाकार राजेन्द्र तामाङ, सल्लाहाकार गिता तामाङ बरिष्ट सल्लाहाकार मित्र सिंज्याली, एन आर एन ए, कुवेतका अध्यक्ष अर्जुन तमाङ, आईसिसी कोर्डिनेटर सुजन केसी, बिशिष्ट अतिथीको रुपमा रहनु भएको कार्यक्रममा कुवेतको नेपाली समाजका कृयाशिल बिभिन्न सँघ-संस्थाका प्रतिनिधि, पत्रकार, खेलाडी लगायत अन्य बुद्दिजिवीहरुको आतिथ्यता रहेको थियो ।
सभापति, प्रमुख अतिथी र बिशेष आथितीहरुले संयुक्तरुप द्दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्दै नेपालको राष्ट्रिय गान र तमु राष्ट्रिय गित बजाई कार्यक्रमलाई मुर्त रुप दिईएको थियो कार्यक्रमा नेपालीदुतावास पल्नु भएको दित्तिय सचिव भोगेन्द्र लिङदेन, क्लबले गरेको सामाजिक देखी खेलकुद क्षेत्रमा गरेको कार्यको प्रशंसा गर्दै आगामी दिनमा पनि नयाँ कार्यसमितीले यो सुनौलो ईतिहासलाई अझ सुन्दर बनाउनु पर्दछ भन्दै क्लबले गरेका राम्रा कार्यलाई नेपाली दुताबासले सदैब सहयोग गर्ने जानकारी दिनु भएको थियो ।कार्यक्रममा बरिष्ट सल्लाहाकर राजेन्द्र तामाङ, बरिष्ट सल्लाहाकार मित्र सिंज्याली, एन आर एन ए, कुवेतका अध्यक्ष अर्जुन तमाङ,आईसिसी कोर्डिनेटर सुजन केसी, आदिबासी जनजाति महासंघ कुवेतका अध्यक्ष रमेश राई “चट्याङ”,पत्रकार तोयानाथ दाहाल, भोजपुर सेवा समाज कुवेतका अध्यक्ष कोषराज राई, २३ औँ विश्व आदिवासी दिवसको सम्बोधन गर्न नेपाल बाट पल्नु भएका अभियान्ता आङ काजी शेर्पा, -सुदुरपश्चिम सेवा समाज कुवेतका अध्यक्ष अमर खडक, लगायतले नयाँ कार्यसमिती लाई शुभकामना मन्तव्य दिएका थिए ।
निर्वाचित अध्यक्ष ईन्द्र पोखरेल ले कार्यक्रमलाई सम्बोधन गर्दै क्लवले गर्ने हरेक गतिविधिहरुमा आफुले र नयाँ कार्यसमितिले पनि पुर्व अध्यक्षहरुले जस्तै नेपाली समाजबाट सहयोग र सल्लाह, सुझाव पाउने बिचार व्यक्त गर्दै क्लवको गरिमालाई सदैव उच्च राख्न आफुले कुनै कसर बाँकी नराख्ने बताउनु थियो ।कार्यक्रममा क्लवले चिया, कपी, जुसको साथमा ओपन बुफे रात्री भोजको ब्यबस्था समेत गरेको थियो । क्लवको सातौ अधिवेशनले नयाँ कार्यसमिती निम्न अनुसार चयन गरेको छ।
सल्लाहाकार समिति:
१) बरिष्ट सल्लाहाकार – श्री राजेन्द्र तामाङ – काठमाण्डौ
२) बरिष्ट सल्लाहाकार – श्री मित्र सिंज्याली – काठमाण्डौ
३) संरक्षक – श्री बाल कुमार गुरुङ – धरान
४) संरक्षक – श्री धर्मराज गिरी – झापा
५) सल्लाहाकार – श्रीमती गीता तामाङ – काठमाण्डौ
६) सल्लाहाकार – श्री खोप गुरुङ – बुटवल
७) सल्लाहाकार – श्री राजन कुँवर – काठमाण्डौ
कार्यकारिणी समिति:
१) अध्यक्ष – ईन्द्र पोखरेल – चितवन
२) उपाध्यक्ष – आनन्द श्रेष्ठ – काठमाण्डौ
३) सचिव – डम्बर रिमाल – बारा
४) सह-सचिव – सुरेश गुरुङ – संखुवासभा
५) कोषाध्यक्ष – चन्द्र तामाङ – खोटाङ (पोखरा)
६) जगेर्णा कोष संयोजक – शिवराम पौडेल – तनहुँ (पोखरा)
७) खेलकुद संयोजक – ऋषी थापा मगर – चितवन
८) खेलकुद उप-संयोजक – मोहन राई – खोटाङ
९) महिला बिभाग संयोजक – सरिता पौड्याल – काठमाण्डौ
१०) बरिष्ट सदस्य – किरण पौड्याल – काठमाण्डौ
११) बरिष्ट सदस्य – जय आले – पर्वत (पोखरा)
१२) बरिष्ट सदस्य – ईन्द्र भुसाल – पर्वत (पोखरा)
१३) बरिष्ट सदस्य – जगत मगर – धनकुटा (धरान)
१४)बरिष्ट सदस्य – राम बस्नेत – मोरङ
१५) बरिष्ट सदस्य – जितेन थिङ – पोखरा
१६) सदस्य – शिव श्रेष्ठ – धादिङ
१७) सदस्य – मल्ल ठकुरी- दाङ
१८) सदस्य – केदार आले मगर – खोटाङ
१९) सदस्य – कुमार श्रेष्ठ -सुनसरी
२०) सदस्य – केशव राई – उदयपुर
१७बर्षको गरिमामय इतिहास बोकेको क्लवलाई स्थापना देखी हालसम्म निम्न व्यक्तित्वहरुले मुख्य नेत्रित्व(अध्यक्षता) दिईसक्नु भएको छ ।
संस्थापक अध्यक्ष – श्री अनिल कुमार राई – सन् १९९९ डिसेम्बर देखी २००३ जून सम्म
दोश्रो अध्यक्ष – श्री बाल कुमार गुरुङ – सन् २००३ जून देखी २००९ जून सम्म
तेश्रो अध्यक्ष – श्री किरण पौड्याल – सन् २००९ जून देखी २०११ जून सम्म
चौंथो अध्यक्ष – श्री धर्म राज गिरी – सन् २०११ जून देखी २०१३ जून सम्म
पाँचौं अध्यक्ष – श्री जय आले मगर – सन् २०१३ जून देखी २०१५ अगष्त
छैठौं अध्यक्ष – श्री जितेन थिङ – सन् २०१५ अगष्त देखी २०१७ अगष्त