देवचन्द्र भट्ट
रसुवा : रसुवाको उत्तरगया गाउँपालिका–४ पैरेबेसीमा गएराति पहिरो गएर ११ घर पुरिँदा ४ जना वेपत्ता भएका छन् । पहिरोमा परेका ४ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ । घाइेते मध्ये एक जनाको अवस्था गम्भीर रहेको उद्धारमा खटिएका श्रीनाथ गणका गणपति रोहित गुरुङले बताए । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 07/08/2017
रसुवामा पहिरोले ११ घर पुरिए, ४ जना वेपत्ता
Posted in दु:खद समाचार, नेपाल समाचार
काठमाडौंका मेयर शाक्यले मगाए १ करोड २० लाखको विलासी गाडी
उपमेयरलाई ८० लाखको गाडी
रविन्द्र घिमिरे
२३ साउन, काठमाडौं । पदभार ग्रहण गर्नासाथ जनप्रतिनिधिका लागि महंगो मोबाइल किन्ने निर्णय गरेर विवादमा आएका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफ्ना लागि बिलासी गाडी किनेका छन् । मेयर शाक्यका लागि झण्डै १ करोड २० लाख मूल्यको टोयोटाको ‘फच्र्यूनर’ गाडी काठमाडौंमा आइपुगेको छ । भन्सार छुटाएर ल्याइएको गाडी अहिले राष्ट्रिय सभागृह परिसरमा राखिएको छ । त्रिपालले ढाकेर राखिएको गाडीको नम्बर प्लेट लिइएको छैन । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
राप्रपामा फेरि चिरा
-राणाले दर्ता गरे राप्रपा (प्रजातान्त्रिक)
-राणा पक्षमा २२ सांसद, थापासँग बाँकी १५ मात्र
श्रावण २३, २०७४- राष्ट्रिय प्रजातन्त्र पार्टी एक भएको ६ महिनालगत्तै दुई चिरा भएको छ । वरिष्ठ नेता पशुपतिशमशेर राणाले आफ्नै अध्यक्षतामा २२ जना सांसदसहित नयाँ पार्टी निर्वाचन आयोगमा आइतबार दर्ता गरेका छन् । उनको पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) छ । करिब २ महिनादेखि नै यो पार्टीमा सरकारमा जाने/नजाने र संविधान संशोधन विधेयकको पक्षमा उभिने/नउभिने भन्नेमा तीव्र विवाद थियो । त्यस’bout पुष्पकमल दाहाल सरकारले संविधान संशोधन विधेयक अघि बढाउँदा राप्रपाकै १० सांसदले असन्तुष्ट भई बैठक बहिष्कार गरेका थिए । अध्यक्ष कमल थापा भने संशोधनको पक्षमा थिए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
जनजाति महासंघ कुवेतद्वारा २३ औं विश्व आदिवासी दिवसको सम्पूर्ण तयारी पुरा
युग लामा / कुवेत
विश्व भरिका आदिवासी जनजातिहरुले मनाउने २३ औँ विश्व आदिवासी दिवस कुवेतमा पनि आदिवासी जनजाति महासंघ कुवेतको आयोजनामा यहि आउदो अगस्ट ११ शुक्रबारका दिन कुवेतको जिलिब स्थित वेडिङ हलमा केन्द्रिय अतिथिको साथमा धुमधाम मनाउने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in सूचना