Daily Archives: 06/08/2017

एनआरएनए कुवेतको नया कार्यकालका लागि ३२ जनाको उम्मेदवारी


आनन्द आचार्य,कुबेत

गैर आवासयि नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको आगामी १८ अगष्ट २०१७ मा हुने राष्ट्रिय पाँचौं राष्ट्रिय महाधिवेशन पश्चात बन्ने नया कार्य समितिको लागि हिजो ५ अगष्ट शनिबारका दिन मालिया स्थित चौतारी रेष्टुरेन्टमा उम्मेदवारी दर्ता गर्ने कार्य सम्पन्न भएको छ ।सुजन के.सि. निर्वाचन संयोजक र शिब प्रसाद कोइराला, नैना कला रार्इ, कोषराज रार्इ तथा अानन्द अाचार्य निर्वाचक रहेको निर्वाचन समिति समक्ष अन्तर्राष्ट्रिय समन्वय परिषदको सदस्य सहित राष्ट्रिय समन्वय परिषदको विभिन्न पदमा गरी जम्मा ३२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

भरतपुरले अढाई महिनापछि पायो मेयर, रेणु विजयी


अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर भरतपुरलाई सुन्दर सहरका रूपमा विकास गर्नेछु
विमल खतिवडा, भरतपुर
श्रावण २१, २०७४-भरतपुर महानगरपालिकाको मेयर र उपमेयर दुवै पदमा माओवादी केन्द्र–कांग्रेस गठबन्धनका महिला उम्मेदवार विजयी भएका छन्। मेयरमा माओवादी केन्द्रकी रेणु दाहाल र उपमेयरमा कांग्रेसकी पार्वती शाहले जित हासिल गरेका हुन्। पढ्नेक्रम जारी राख्नुहोस्

योगिना राइको NRNA/NCC कुवेतमा महिला प्रतिनिधिमा उम्मेदवारी


कुबेत नेपालडटकम

आदरणिय कुवेतवासी दाजुभाइ तथा दिदी बहिनीहरु! सर्वप्रथम त सबैमा मेरो साईनो अनुसारको ढोग गर्दछु ।
खासमा म एक साधारण तपाईंहरु जस्तै प्रवासमा दु:ख गरेर जीवन गुजारा गरिरहेको एक चेली हुँ ! म बिगत ४ वर्ष देखी कुवेतको अलसाया कम्पनीमा क्लार्कको रुपमा कार्यरत छु ।

पहिले पहिले म यस समाजमा त्यति परिचित थिईन । कारण त्यति चिने जानेका व्यक्तिहरु थिएनन् । तर पछिल्लो समय यस समाजका प्रतिष्ठित व्यक्तित्वहरुसंग भेटेपछी यस समाजसंग भरखर भरखर परिचित हुँदैछु । पढ्नेक्रम जारी राख्नुहोस्