लुम्बिनी समाज नेपाल-कुवेतको तेश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा रूपेन्द्र बिक्रम हमाल


कुबेत नेपालडटकम

५अगस्ट कुबेत हिजो ४ तारिक २०१७ लुम्बिनी समाज कुवेतको तेस्रो अधिबेशन ५७ सदस्यीय कार्य समिति चयन गर्दै कुबेत फर्वानिया सिटी स्थित अल हाइतम रोयल रेस्टुरेन्टमा भब्यताका साथ सम्पन्न भएको छ ।

लुम्बिनी समाज नेपाल-कुवेतको तेश्रो अधिवेशन लाई समाज को निवर्तमान अध्यक्ष एच. पि. खत्रीको सभापतित्व र नेपाली राजदूतावासका महामहिम राजदूत यज्ञ बहादुर हमालको प्रमुख अ।तिथ्यमा सम्पन्न अधिवेशनमा कुवेतमा कृयाशिल नेपाली सँघ-संस्था, प्रतिनिधि समाजसेवी, बुद्धि,जिबी, पत्रकार र कलाकार साथै नेपालीहरुको उत्साहजनक उपस्थिति रहेको थियो कार्यक्रम लाई संचालन पत्रकार नवराज पन्थीले गरेका थिए। भने समाजका बरिस्ट उपाध्य्क्ष रमेश पाल्पालीले को स्वागत मन्तव्यद्वारा उपस्थित पाहुना तथा अतिथिगणलाई स्वागत गरेका थिए। कार्यक्रमका प्रमुख अतिथि महामहिम राजदूतबाट ब्यानर खोली दिप प्रज्वलनका साथ उद्घाटन गरिएको उक्त कार्यक्रममा शुभकामना मन्तव्य दिन बिभिन्न संघ सँस्थाका पदाधिकारी प्रतिनिधिहरूमा अमित राई, मन्जित राई, नैनाकला राई, गणेश रावत, दिल स्याङ्बो, गोपाल शिबा लगायतका अतिथिहरू थिए भने कार्यक्रममा गजल बाचन सहित अ्म्मर खड्का लोकगीत सहित माधव शर्मा बिबि मल्ल दोलराज न्यौपाने लगायतले शुभकामना मन्तब्य दिएका थिए ।

यसैबीच कार्यक्रमा कुबेतमा क्रियाशील हाम्रो संचार डटकम सहित सात ओटा मिडियालाइ एव स्थापानाकालका बिधानकार लोमस बास्तोला , समाजका नवराज पन्थी सहित क्रियाशिल सदस्य अशोक बस्ति र कृष्ण केबी लाइ सम्मान गरिएको थियो ।नयाँ कार्यसमितिमा सदस्यहरु,सल्लाहकार एव संरक्षक समेत गरि ८५ जनाको कार्यसमिति बनेको एव कार्यसमितिलाई सर्ब सहमत गराउन पहल गर्ने सबैलाई धन्यबाद दिदै निर्वाचन समिति सयोजक बिष्णु परियारले सवैको नाम पढेर सुनाएका थिए ।

रोजगारिको शिलशिलामा कुवेतमा रहेका लुम्बिनीवासीहरुलाई एकिकृत गराई, आफ्नो जन्मथलो र मातृभूमी नेपाललाई संसारमा चिनाउन आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था लुम्बिनी समाज कुवेत ले स्वदेश तथा विदेशहरुमा कहिले ब्याक्तिलाई, कहिले समुहलाई,कहिले गाउँसमाजलाई भने कहिले दैबी प्रकोपमा हरेक किसिमको सहयोग गर्ने र परिचयात्मक बातावरणको सिर्जना गरी सामाजिक सदभाव बढाउने र अन्य नेपाली समाजसँग सहकार्य गर्दै अगाडि बढ्ने उद्देश्य लिएर स्थापना भएको लुम्बिनी समाज नेपाल कुबेत ले स्थापना देखी नै सहयोग गर्दै आइरहेको छ।

बाल्को उपस्थितिले खचाखच भरिएको हाल मा कार्यक्रमलाई अतिनै भब्य सब्य बनाउन को लागि कलाकार भाई बहिनी हरु ले गीत नृत्य गरी झनै कार्यक्रमलाई सुगन्ध भर्ने काम गरे को थिए। अन्तमा कार्यक्रमको समापन गर्दै अध्यक्ष ले कार्यक्रममा उपस्थित भएर कार्यक्रम सफल पार्न हुने सम्पूर्ण सहयोगी कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ-संस्था, समाजसेवी, बुद्दिजिबी तथा भद्र-भलादमी, पत्रकार,खेलाडी, तथा कलाकारहरु सम्पूर्ण कुवेतवासी नेपाली दर्शकहरुलाई सबैलाई बिशेष धन्यवाद ब्यक्त गर्नु भएको थिए। कार्यक्रम बेलुकी १० बजे सम्पन्न भएको थियो।कार्यक्रम सम्पूर्ण उपस्थित पाहुनाहरुलाई नि:शुल्क जलपान र स्वादिष्ट भोजन ले स्वागत गरे को थिए।

लुम्बिनि समाज नेपाल-कुवेतको  सम्पन्न अधिवेशनबाट निर्वाचित भएका कार्यकारीहरू तपसिल बमोजिम रहेका छनः
१,अध्यक्ष:- रुपेन्द्र बिक्रम हमाल
२,बरिष्ठ उपाध्यक्ष:- रमेश नेपाली पाल्पाली
३,उपाध्यक्ष:- अशोक ओस्ती
४,उपाध्यक्ष:- अनिल कुमार ठाकुर
५,महिला उपाध्यक्ष:- शान्ता भण्डारी
६,महासचिब:- नेत्र पेमी मगर
७,सचिब:- दिपक भण्डारी
८,सहसचिब:- रुपा ज्ञवाली, भण्डारी
९,कोसाध्यक्ष:- सागर न्यौपाने
१०,सह्कोसाध्यक्ष:- कृष्ण केबी

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )