एनआरएनए कुवेतको उम्मेदवारी चौतारी रेष्टुरेण्टमा लिईने


कोशराज राई/कुबेत

अगष्ट ४, कुवेत । गैर आवासिय नेपाली संघ (एनआरएनए)/ राष्ट्रिय समन्वय परिषद (एनसीसी), कुवेतको आगमी अगष्ट १८ मा हुन गईरहेको पाँचौं राष्ट्रिय अधिवेशनको लागि गठित निर्वाचन समितिले उम्मेदवारी फारम मालिया स्थित चौतारी रेष्टुरेण्टमा लिने भएको छ । समितिले भोलि शनिबार दिनको २ बजे देखी बेलुकी ७ बजे सम्म उक्त स्थानमा उम्मेदवारी फारम बुझ्ने समितिका संयोजक सुजन केसीले जानकारी गराएका छन् ।

संयोजक केसीका अनुसार निर्वाचन समितिबाटले आजै निर्णय गरी उक्त स्थानमा उम्मेदवारी लिने निर्णय गरेको हो । पञ्जिकृत सदस्यता भरिसकेका सदस्यहरुले आचार संहिता भित्र रही अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, महिला प्रतिनिधि, युवा संयोजक, आीसीसी सदस्य र सदस्यहरुको लागि उम्मेदवारी दिन सक्नेछन् ।

तोकिएका पदका उम्मेदवारहरुले उम्मेदवारी शुल्क अन्तराष्ट्रिय समन्वय परिषद (आईसीसी) सदस्यको लागि ३५० केडी, राष्ट्रिय समन्वय परिषद (एनसीसी) अध्यक्षको लागि २५० केडी, उपाध्यक्ष र महासचिवको लागि १५० केडी, सचिव र कोषाध्यक्षको लागि १०० केडी, युवा संयोज र महिला प्रतिनिधिको लागि ७५ र सदस्यको लागि १५ केडी रहेको छ ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )