एनआरएनए कुवेतको सदस्यता फारम सैलुङगे रेष्टुरेण्टमा लिईने


कोशराज राई/ कुबेत 

अगष्ट ३, कुवेत । गैर आवासिय नेपाली संघ (एनआरएनए)/ राष्ट्रिय समन्वय परिषदको (एनसीसी), कुवेतको आगमी अगष्ट १८ मा हुन गईरहेको पाँचौं राष्ट्रिय अधिवेशनको लागि गठित निर्वाचन समितिले पञ्जिकृत सदस्यता फर्म फरवानिया स्थित सैलुङगे रेष्टुरेण्टमा लिने भएको छ । समितिले भोलि शुक्रबार बिहान ११ बजे देखी दिनको २ बजे सम्म उक्त स्थानमा फर्म बुझ्ने छ । समितिका संयोजक सुजन केसीले जानकारी गराएका छन् ।

संयोजक कोसीका अनुसार निर्वाचन समितिबाट लगिएको फर्म बुझाउने तथा फर्म भर्न बाँकी रहेका एनआरएनएहरुले समेत उक्त स्थानमा पुगी फर्म भर्न सक्नेछन् ।फारम लागि आवश्यक कागजातहरु सिभिल आईडी कपी, पासपोर्ट कपी, २ प्रति पासपोर्ट साईजको फोटो र ३ केडी ५०० फिल्स नगद जम्मा गर्नु पर्नेछ ।

फर्म भर्न अन्तिम मिति भोलि शुक्रबार सम्म मात्र भएको र भोलि सम्म फर्म भर्ने एनआरएनएहरुको मात्र आगमी अधिवेशनको लागि सदस्यता परिचय पत्र बन्ने र परिचय पत्र भएपछी मात्र अधिवेशन स्थलमा प्रवेश तथा निर्वाचनमा मत दिने अधिकार प्राप्त हुने हुँदा समयमै सदस्यता पत्र प्राप्त गर्न संयोजक केसीले अनुरोध समेत गरेका छन् ।मालिया स्थित ईन एण्ड गो कुवेत प्लाजा होटलमा आयोजना हुने राष्ट्रिय अधिवेशनमा सुरक्षालाई ध्यानमा राखी अतिथि तथा संघ संस्थाका प्रतिनिधिहरुलाई समेत परिचयपत्र अनिवार्य रहेको छ ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )