कुबेत नेपालडटकम
२ अगस्ट,कुवेत : नेपाली काङ्ग्रेसको भात्री सघगठन जनसम्पर्क समिति वैदेशिक शाखा कुवेतले बार्षिक उत्सव तथा बिपि स्मृति दिवस मनाउने भएको छ।
कुवेत स्थित फर्वानियामा रहेको अल हाईतम नेपाली रेस्टुरेन्टमा यहि १७ अगस्ट २०१७ मा काङ्ग्रेसका पिता स्वर्गीय बिपि कोईरालाको स्मृतिको अबसर पारेर समितिले बार्षिक उत्सव मनाउन लागिएको समितिका सहमहामन्त्री मुकुन्द कार्किले जानकारी दिनु भयो।
तेस्तै कुवेत रहनुहुने सम्पुर्ण नेपालि काङ्ग्रेस प्रति आस्था राख्ने साथिहरु,विभिन्नसंघ संस्थाका प्रतिनिधिहरु, बुद्धिजीवी,समाजसेवी,पत्रकार तथा कलाकारहरुलाई समेत उपस्थितिको लागि जनसम्पर्क समिति कुवेतका सभापति कल्याण कुमार श्रेष्ठले अपिल समेत गर्नु भएको छ।
तपशिल :
स्थान : अल हाइतम रेष्टुरेन्ट फर्वानिया
समय : बेलुकि ६ वजे
मिति : १७ अगस्ट २०१७