धादिङको हुग्दीखोला पुलबाट ट्रक खस्यो


मनिष दुवाडी
जोगीमारा (धादिङ) : पृथ्वीराजमार्ग अन्तरगत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं १० स्थित हुग्दीखोला पुलबाट ट्रक खस्दा २ जना गम्भीर घाइते भएका छन । काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ४७३८ नम्बरको डिब्बा ट्रक जोगीमारास्थित हुग्दीखोला पुलबाट खसेर दुर्घटना भएको जोगीमारा प्रहरीले जानकारी दिएको छ ।
विपरीत दिशाबाट आइरहेको ना ५ त ९१५६ नम्बरको ट्रयाक्टरलाई ठक्कर दिई ट्रक खोलामा खसेको हो । दुर्घटनामा ट्रकका चालक र सहचालक सिन्धुपाल्चोकका प्रकाश श्रेष्ठ र दिलीप सापकोटा तथा ट्याक्टरमा सवार धादिङका निरज चेपाङ घाइते भएका छन् । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भैरहेको जोगीमाराका स्थानीय विश्वदीप डीसीले जानकारी दिए ।
हुग्दीखोला पुल पृथ्वी राजमार्गको अत्यन्तै जोखिमपूर्ण पुल बनेको छ । उक्त पुलमा पटक–पटक सवारी साधन दुर्घटनामा पर्दै आएका छन । गत असार ९ गते पनि काठमाडौँबाट चितवन जाँदै गरेको ना ६ ख ३१२३ नम्बरको ट्रक यसै पुलबाटै खसेर दुर्घटना हुँदा ३ जना यात्रुको नै मृत्यु भएको थियो ।(अन्नपूर्ण )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )