कुबेत नेपालडटकम
विगत केही वर्षदेखि कुबेत मा बस्दै आएकी नेपाली चेली स्वीमिङ पुलमा डुबेर मृत्यु भएकाे छ । स्थायी ठेगाना रामेछाप जिल्ला, गाेकुलगंगा गाउ पालिका नामाडी – ८ घर भर्इ विगत ३ वर्ष देखि कुवेतमा घरेलु कामदारको रूपमा कार्यरत पासपोर्ट नं २७५३५२३ की ३१ वर्षीया तारा देबि खड्काकाे स्पोन्सरको परिवार सहित घुम्न जाँदा सबा अल नासरमा हिँजो ३० अगष्ट का दिन साँझ ६ बजे अचानक स्वीमिङ पुलमा डुबेर मृत्यु भएको हो ।
पहिलो स्पोन्सरको घर छोडेर दोश्रो स्पोन्सरको घरमा काम गर्दै गरेकी खड्काको हालका स्पोन्सर दूतावाससँग सम्पर्कमा अाइसकेको तथा मृतकको शब फरवानिया अस्पतालमा राखिएको बताउँदै कागजी प्रकृया पुरा गरेर छिट्टै नै शब नेपाल पठाइने राजदूतावासका द्वित्तीय सचिव भोगेन्द् लिङदेनले बताए।
साभार:तीतोपाटी डट कम