कुबेत नेपालडटकम
अनेकतामा एकता चि. यू. स. कतारको बिशेषता भन्ने मुल नारा र सेवानै धर्म हो भन्ने भावले अभिप्रेरित रहि सामाजिक कार्यमा प्रबास तथा नेपालमा अग्रणी भुमिका निर्वाह गरि सामाजिक कार्यका हरेक क्षेत्रमा निस्वार्थ रुपमा काम गर्दै आइरहेको चितवन यूवा समुह दोहा कतारको १४औं अधिबेशन यहि आउदो ११ अगस्ट २०१७ का दिन दोहाको सालिमार रेस्टुरेन्टमा भब्यताका साथ सम्पन्न हुन गइरहेको छ। समाज प्रती पुर्ण समर्पित रहि प्रबासमा भइ परि आउने चितवन बासी तथा सम्पुर्ण प्रबासी नेपालिको समस्या लाइ समाधान तथा न्यूनीकरण गर्ने प्रदेशमा रहेर पनि देशमा बिभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्ने उद्देश्यका साथ सन २००१ मा स्थापित यस सस्थाले स्थापनाकाल देखिनै उद्देश्य अनुरुप कार्यक्रम गर्दै आइरहेको छ। बिकट गाउ काउलेका चेपाङ बालबालिकाको लागी शिक्षा होस वा स्वास्थ क्षेत्रमा एम्बुलेन्स, रक्तदान, जटिल रोगले आर्थिक स्थिति कम्जोर रहेका मिर्गौला पिडित क्यान्सर पिडित अपांग असाह्यहरुलाइ सहयोग अनाथ बालबालिका को लागी शिक्षा लगायत स्वास्थ सिबिर सन्चालन होस। खेलकुद देखी कला सस्कृती को जगेर्ना गर्न होस वा प्रबासमा मृत्यु दण्ड सुनाइएका ब्यक्तीको जिवन बचाउनका लागी हुन , स्वदेशमा प्राकृतिक बिपत्तिमा दुख पर्दा सधै सस्थाले पहिलो प्राथमिकतामा राखी अभियान चलाएर वा साथ दिएर आफ्नो अग्रणी भुमिका निभाएको छ।
बिश्वका बिभिन्न देशहरुमा स्थापित रहेर सामाजिक सेवा परोपकारी भवनाका साथ कृयाशिल रहेका चितवन बासीहरुको सस्थाहरुलाइ एकताको सुत्रमा बाधीन पहल गरि अभियानमा कर्तव्य निष्ट रहि चितवन यूवा समुह अन्तर्राष्ट्रिय समन्वय समिती नेपाल बनाउन सफल रहि अग्रणी भुमिका निर्बाह गरेको यस चितवन यूवा समुह दोहा कतारको आउदो १४औं अधिबेशन भब्यताका साथ सफल बनाउन कतारमा रहेका चितवन बासीहरु तदारुकताका साथ लागी परेका छ्न। कार्यक्रमलाइ ब्यबस्थित बनाउन कार्यसमितिको बिशेष भेलाले बिभिन्न कार्यको बिभाजन गरि जिम्मेवारी हस्तान्तरण गरेको छ। कार्यक्रम स्थल लगायत ब्यबस्थापनको जिम्मेवारी सल्लाहकारहरु द्वय श्री राम हरि गैरे तथा श्री युवराज शर्माले बहन गरि कार्य सम्पादन गर्नु भएको छ भने सस्थाको आधिकारिक जानकारी सुचना पत्रचार तथा प्रसासनिक जिम्मेवारी महासचिव श्री सुरेश परियारले तथा ईस्वर राज पौडेलले समाल्नु भएको छ। तेस्तै अधिबेशनका लागी आवस्यक छ्पाइ तथा सजावट जिम्मेवारी सचीव प्रकास अर्यालले बहन गर्नुभएको छ ।
सस्थाको तथा अधिबेशनको आर्थिक ब्यबस्थापनको जिम्मेवारी सस्थाका कोषाध्यक्ष श्री गोकुल प्रसाद तिमिल्सिनाले समाल्नु भएको छ भने स्वयंसेवक समितिमा संयोजक सस्थाका पुर्ब उपाध्यक्ष श्री लाल बहादुर भट्ट रहनु भएको छ। यसै गरि अधिबेशनका लागी कतारको बिभिन्न क्षेत्रबाट पाल्नुहुने चितवनबासी हरुको सहजताका लागी यातायात ब्यबस्थापन जिम्मेवारी सस्थाका सदस्य श्री नबिन गुरुङले समाल्नु भएको छ। यसै गरि सस्थाले आगामी कार्यकालहरु चुस्त दुरुस्त राख्नको निम्ती अझै समाजप्रती कृयासिल रहि काॠ सम्पादनमा सहजता ल्याउन सस्थाको आन्तरिक बिधान संसोधन गर्नु पर्ने बुझी श्री समिर खत्री श्री बाल कृष्ण पौडेल श्री सुरेश परियार श्री रामहरी गैरे गरि ४ जनाको बिधान संसोधन मस्यौदा समिती बनाएको छ। अधिबेसनको बन्द सत्र सौहाद्रपुर्ण, सभ्य, भब्य र रचनात्मक तथा प्रेरणात्मक रहोस भनी श्री सागर नेपाल श्री समिर खत्री श्री बालकृष्ण पौडेल श्री ईस्वर राज पौडेल तथा रामहरी गैरे गरि ५ सदस्यीय ब्यबस्थापन समिती गठन गरेको छ। यि सम्पुर्ण समितीहरुले आआफ्नो जिम्मेवारि अनुसार कार्य ब्यबस्थापन गरिरहेको तथा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सबै बाट सहयोग रहेको बताउदै सस्थाका अध्यक्ष श्री भुमिराज कार्कीले आउदो अधिबेसन फरक र सभ्य भब्य बनाउन कुनै कसर बाकी नराख्ने जानाकारी दिदै अधिबेशनमा स्वतस्फूर्त रुपमा उपस्थित रहेर सस्था सग प्रत्यक्ष रुपमा आवद्ध रहि सस्थाको सामाजिक परोपकारी अभियानमा साथ दिन कतारमा रहनु भएका सम्पुर्ण चितवन बासिमा अनुरोध गर्नु भएको छ।