क्यान्सर पिडित दुर्गा मायालाई दर्सन ठकुरी समाज कुवेत द्वारा उपचारको लागी सहयोग


माधब शाही / कुवेत

क्यान्सर पिडित मोरङ -१ की ४४ बर्षिय दुर्गा माया ठकुरीलाई दर्शन ठकुरी समाज कुवेतले नगद रु ५१,००० (एकाउन्न हजार) उपचारको लागि सहयोग गरेको छ।

बिगत सात महिना पहिले देखी स्तन क्यान्सरबाट थलीएकी दुर्गा माया ठकुरी ज्यादै न्युन आर्थिक अवस्थाकै कारण सिता भट्टराईको घरमा बस्दै आइरहेकी छिन । आर्थिक स्थिति ज्यादै कम्जोरका भएकै कारण समयमा उपचार गराउन नसके पछि सामाजिक मिडियाहरु मार्फत आफु जिबन र मरणको दोसाँधमा रहेको र छोरीको लागी भय पनि बाच्न चाहन्छु भन्दै सहयोगको लागि सबैमा अपिल गरेकी थिइन् । उनलाई जब परिवारमा क्यान्सर लागेको भन्ने थाहा पाए पछि आफ्नो सासु ससुराले नहेरेको, आफन्ती नाता गोता सबै टाडीएको र आफ्नो श्रीमान सम्मले छोडेको बताएकी थिइन् । अहिले उनि सँग नाबालक चार बर्षकी छोरी समेत छिन । यसरी दुखको समयामा आफन्तले समेत एक्ल्याएकी दुर्गा बेसाहारा बन्दै गएपछि जीवन रक्षाको लागी अपिल गरेकी हुन ।

दुर्गा माया ठकुरीको ’boutमा विभिन्न सामाजिक मिडियामा समाचार आएपछी समाजकी सदस्य गिता ठकुरी दुर्गा माया बस्ने घरमा गई पिडितको स्थितिको वारेमा जानकारी लिएकी थिईन । उक्त सहयोग रकम समाजकी सकृय सदस्य गीता ठकुरीले दुर्गा मायालाई उपचार गराई रहेको नेपाल क्यान्सर अस्पताल ललितपुरमा गइ पिडितको हातमा हस्तान्तरण गरेको समाजका अध्यक्ष एल बि हमाल ठकुरीले डि सी नेपाल गल्फलाई जानकारी दिएका छन् ।

दुर्गा मायाको हाल नेपाल क्यान्सर अस्पताल ललितपुरमा उपचार भइ रहेको र स्वास्थमा सुधार आँउदै गरेको गीता ठकुरीले बताईन । दुखमा परेका एवं बेसहाराहरुलाई सहयोगी हात बढाउंदै कृयाशिल सँस्था दर्शन ठकुरी समाज कुवेतले स्थापनाकाल देखीनै दु:खमा परेका नेपाली लाई सक्दो सहयोग गर्दै आएको छ ।

सहयोगको लागी –
दुर्गा माया-सीता-रीताको नाममा संयुक्त खाता
सिभिल बैक लिमिटेड¸ बौद्ध शाखा
02110044934032. SWIFT CIVILNPKA

यस ’boutमा थप जानकरी पाउन निम्न फोन नम्बरहरुमा सम्पर्क गर्नुहुन समेत पीडितले अनुरोध गरेका छन् ।
दुर्गा माया सिंह ठकुरी – ९८११३४८९८४
सीता भट्टराई- ९८४९६५०६५२
रिता बुढाथोकी -९८४१७५६८३२
मनोरंजन मल्ल- ९८४१४०२८३६
सुशिल मल्ल – ९८४९२७५२९९
नयन हमाल – ९८४१३९४४०८

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )