इनास कुवेतको नेपाली डान्सिङ स्टार २०१७ को उपाधि सुनिल परियार लाई


सुरेश गुरुङ,कुबेत

जुलाई २८ कुबेत मौलिक कला र सांस्कृतिको साथमा कलाकार को जगेर्ना गरौं भन्ने मुल नाराका साथअन्तराष्ट्रीय कलाकार समाज कुवेत”को आयोजना गरिएको इनास कुवेत नेपाली डान्सिङ स्टार फाइनल अाज मिती २०१७,२८ तरिक कुबेत स्थित जिलिपको पपिन्स हल मा भब्यताको साथ सम्पन्न

(अन्तराष्ट्रीय कलाकार समाज कुवेत)ले आयोजना गरेको इनास कुवेत नेपाली डान्सिङ स्टार २०१७ को (ग्राण्ड फाईनल)कार्यक्रम लाई समाज को अध्यक्ष बीबी मल्ल ठकुरीले ले सभापतित्व गरेका थिए। भने जन सम्पर्क समितिका सभापति कल्याण श्रेष्ठको प्रमुख अतिथ्यती साथै कुवेतमा कृयाशिल नेपाली सँघ-संस्था, प्रतिनिधि समाजसेवी, बुद्धि,जिबी, पत्रकार र कलाकार साथै नेपालीहरुको उत्साहजनक उपस्थिति रहेको थियो

पत्रकार नवराज पन्थी र लोक गयाक माधव शर्माले संयुक्त रूपमा सञ्चालन गरेको कार्यक्रम लाई सभापति, प्रमुख अतिथी र बिशेष आथितीहरुले संयुक्तरुप द्दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्दै नेपालको राष्ट्रिय गान साथै समाजका उपाध्य्क्ष डोलराज न्याैपानेको स्वागत मन्तव्यद्वारा उपस्थित पाहुना तथा अतिथिगणलाई स्वागत गरेका थिए। कार्यक्रम मा अतिथिहरू जय अाले, टिकाराम अाचार्य, राजेन्द्र बिरही, अमृत तामाङ, कोशराज राई, नैनाकला राई, अर्जुन बस्नेत र राज मल्ल अमर खडक ले शुभ कामना मन्तव्य दिनु भएको थियो।

“अन्तराष्ट्रिय कलाकार समाज कुवेत”को आयोजनामा संचालन भएको उक्त प्रतियोगिताको अाज भएको ग्र्यान्ड फिनालीबाट परियारले सो उपाधि जितेका हुन । जम्मा १२ सहभागीहरू बिच भएका विभिन्न प्रतिस्पर्धाबाट छानिएर ४ जना फाइनलमा पुगेकोमा एक प्रतियोगी मनिता रसाइली फाइनल राउण्डमा सहभागी हुन असमर्थ भएपछि अस्मि तामांग, सुनिल परियारर दिपेस श्रेष्ठले फाइनलमा प्रतिस्पर्धा जनाएका थिए । भने प्रमुख निर्णायक मण्डलमा नबिन श्रेष्ठ र सोम रसाईली रहेको उक्त प्रतियोगिताको अथिती निर्णायक भने प्रेम जिमिलार्इ बनाइएको थियो ।

(Grand Finale) मा निर्णायक समिति लाई निर्णायक एकदमै गाह्रो भएको बताउदै फाईनलका को 3 जान कलाकार को एकदमै प्रतिस्पर्धा रहेको थियो। तर एकजान ले जित्नु प्र्थम हुने पर्ने भन्दै निर्णायक मन्डल हरु को निर्णायक अनुसार (Grand Finale) उपल्ब्दी सुनिल परियार बने(Grand Finale) नेपाली डान्सिङ स्टार २०१७ ट्रफी, प्रमाण पत्रका साथ नगद रू. २५ हजार रुपैया प्रदान गरिएको थियो भने दृतिय,लाईनेपाली रूपैया १५०००, ट्रफी र प्रमाण-पत्र त्यसैइ गरी तृतीय हुने लाई नेपाली रूपैया १००००, प्रमाणपत्र, मेडल ले सम्मान गरिएको थियो ।

१) सुनिल परियार (प्रथम)
२) दिपेश श्रेष्ठ ( दृतिय)
३) अस्मी तामाङ ( तृतीय )

अन्तमा सभापति बीबी मल्ल ठकुरीले शुभकामना व्यक्त गर्दै कार्यक्रममा उपस्थित भएर कार्यक्रम सफल पार्न हुने सम्पूर्ण सहयोगी कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ-संस्था, समाजसेवी, बुद्दिजिबी तथा भद्र-भलादमी, पत्रकार,खेलाडी, तथा कलाकारहरु सम्पूर्ण कुवेतवासी नेपाली दाजु भाई तथा दिदी बहिनी हरुलाई सबैलाई एकमुष्ठ धन्यवाद दिदै कार्यक्रम समापनको घोषणा गरेका थिए।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )