Daily Archives: 27/07/2017

आयोजनाको बजेटमा विदेश सयर


दिलबहादुर छत्याल/योगेश रावल
कैलाली- नयाँ आर्थिक वर्षको सुरुआतसँगै राष्ट्रिय गौरवको रानीजमरा सिँचाइ आयोजनाको बजेटबाट सिँचाइ मन्त्रालय, विभाग र आयोजनाका कर्मचारी विदेश भ्रमणमा गएका छन्। मन्त्रालयबाट एक, विभागबाट तीन र आयोजनाको कार्यालय टीकापुरबाट प्रमुख शुसिलचन्द आचार्यसहित सात गरेर ११ जना कर्मचारी इटालीभ्रमणमा गएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

‘मुलुकलाई स्थिरतामा लैजान शासन प्रणाली फेर्नैपर्छ’


यसकारण प्रत्यक्ष निर्वाचित कार्यकारी
रामकृष्ण अधिकारी
काठमाडौं: राजनीतिमा आफ्ना एजेन्डा राखेर छलफलमा ल्याउन माओवादी केन्द्र सिपालु छ। आफूले उठाएका एजेन्डालाई गन्तव्यसम्म ‘लिड’ गर्न नसके पनि राजनीतिक वृत्तमा बहस गराउन ऊ सक्षम पनि छ। माओवादी केन्द्रले अहिले पुनः त्यस्तै बहस छेडेको छ– शासन प्रणालीमा ‘प्रत्यक्ष निर्वाचित कार्यकारी।’ पढ्नेक्रम जारी राख्नुहोस्

आमाको हत्या, बाबु जेलमा


गजेन्द्र बोहरा
बेलनपुर (बाँके): सानो बोत्तलमा भैंसीको दूध चुसाइरहेकी हजुरआमा जुवेदन बेडुवाका आँखा तीन महिने नातिनीको चिच्याहट सुनेर आफैं रसाइरहेका थिए। उनले केही बेरमा नातिनीलाई झोलुंगोमा हल्लाउँदै सुताइन्। पढ्नेक्रम जारी राख्नुहोस्

कर फर्छ्योट प्रकरण : भ्याट छल्नेलाई करसमेत मिनाहा


कृष्ण ज्ञवाली, कृष्ण आचार्य, काठमाडौं
श्रावण १२, २०७४- राजस्व द्रुत गस्तीले २०६७ वैशाख १५ गते न्यु कार्की हार्डवेयर सेन्टरमा छापा मार्‍यो । अनुसन्धान हुँदा उसले बिक्री लुकाएको र नपाउने क्रेडिट दाबी गरेको भेटियो । उक्त हार्डवेयरले ३ करोड ४१ लाख रुपैयाँ भ्याट छलेको भन्दै भ्याट र अन्यसमेत गरी ४ करोड ३९ लाख रुपैयाँ र ९ लाख २५ हजार रुपैयाँ आयकर निर्धारण गरियो । पढ्नेक्रम जारी राख्नुहोस्

कुवेतमा सिन्धुपाल्चोक सेवा समाजको कुवेत शाखा गठन हुने भएको छ |


कुबेत नेपालडटकम

कुवेतमा सिन्धुपाल्चोक सेवासमाज गठनको तयारीका लागि अगष्ट ११ तारिखमा बिशेष भेला हुने अभियान्ता माधब पौडेल ले कुबेत नेपालडटकम लाई जानकारी दिएका छन् |सिन्धुपाल्चोक घर भर्इ कुवेतमा कार्यरत सम्पुर्ण दाजुभार्इ तथा दिदीबहिनीहरूलाइ बृहत भेलामा उपस्थित हुन पनि माधब पौडेल अनुरोध गरेका छन् |

कुवेतमा कार्यरत सिन्धुपाल्चोक बासीहरुलाई एक गराउने उद्देश्य सहित सिन्धुपाल्चोक सेवा समाज कुवेत शाखा गठन गर्न लागिएको समाजले बताएको छ | समाजको केन्द्रिय कार्यालय काठमाडौंमा रहेको छ | पढ्नेक्रम जारी राख्नुहोस्