विवेकशील साझा पार्टी घोषणा, मिश्र र थापा सहसंयोजक


आठ सदस्यीय केन्द्रीय संयोजन समिति गठन, केन्द्रीय समितिमा ३४ जना
शेखर अधिकारी, काठमाडौं
श्रावण ११, २०७४- विवेकशील नेपाली दल र साझा पार्टीबीच एकीकरण भएको छ । नयाँ बानेश्वरस्थित एक पार्टी प्यालेसमा बुधबार पत्रकार सम्मेलन गरी दुई पार्टीबीच एकताको घोषणा गरिएको हो । एकतापछि पार्टीको नाम विवेकशील साझा पार्टी राखिएको छ । पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै नेता रवीन्द्र मिश्र, उज्वल थापा, किशोर थापाले वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि आफूहरुले पार्टी एकता गराएको दाबी गरे । उनीहरुले अरु दलका नेता जसरी पद, प्रतिष्ठामा नभुली मुलुक समृद्धिको दिशामा एकढिक्का भएर अगाडि बढ्ने पनि प्रतिबद्धता जनाए ।

दुवै पार्टीबाट १७, १७ गरी ३४ जनाको केन्द्रीय समिति समेत घोषणा गरिएको छ । सामूहिक नेतृत्वका लागि रवीन्द्र मिश्र र उज्वल थापा पार्टीको सहसंयोजक तोकिएका छन् । तर, बैठकको अध्यक्षता भने मिश्रले गर्नेछन् । सामूहिक नेतृत्व र निर्णयका लागि आठ सदस्यीय केन्द्रीय संयोजन समिति गठन गरिएको छ । समितिमा मिश्र, थापा, मुमाराम खनाल, अनुषा थापा, गोविन्दनारायण तिमल्सिना, निरुपमा यादव, रमेश पौडेल र सूर्यराज आचार्य सदस्य छन् । त्यस्तै सातवटा प्रदेशमा एक, एकजना स‌ंयोजक रहने व्यवस्था छ ।

केन्द्रीय सदस्यहरुमा ओमप्रकाश अर्याल, किशोर थापा, प्रकाशचन्द्र परियार, रन्जु दर्शना, रमेश महर्जन, शोभा शाक्य, सरोज धिताललगायत छन् । अहिले घोषणा गरिएको ३४ सदस्यीय केन्द्रीय समितिलाई महाधिवेशनसम्ममा विस्तार गरी ५१ जनासम्म पुर्‍याउन सकिने व्यवस्था विवेकशील साझा पार्टीले गरेको छ । पार्टीको चुनाव चिह्न तराजु हुने एकता घोषणा कार्यक्रममा जानकारी गराइएको छ ।

पार्टीले अनुशासन कमिटी बनाउने र त्यो कमिटीलाई अनुशासनको कारबाही गर्नेसम्मको अधिकार दिलाइनेछ । त्यस्तै केन्द्रीय स‌ंयोजन समितिले प्रबुद्ध नागरिक समूह गठन गर्ने व्यवस्था गरिएको छ ।

(कान्तिपुर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )