भारततर्फ लैजाँदै गरिएका २४ महिलालाई बर्दियाबाट उद्धार


बर्दिया, १० साउन । भारतीय खुला सिमानासँग जोडिएको बर्दियाका विभिन्न नाकाबाट २४ जना महिलालाई उद्धार गरी घर फर्काइएको छ । वैदेशिक रोजगारीको नाममा भारतीय बाटो हुँदै तेस्रो मुलुक लैजान लागेको क्रममा उनीहरुलाई नेपाल प्रहरीले स्थानीय सङ्घसंस्थाको सहकार्यमा उद्धार गरी घर फर्काएको हो ।

बर्दियाका चारवटा सीमा नाका चेलीबेटी ओसारपसारका लागि संवेदनशील मानिएको छ, बर्दियाका प्रमुख जिल्ला अधिकारी, विष्णुबहादुर थापाले भन्नुभयो – “भारतसँगको खुला सीमानाका कारण दलालहरुले सुरक्षाकर्मी नभएका स्थानलाई चेलीबेटी ओसारपसार गर्ने मार्गका रुपमा प्रयोग गर्ने गरेका हुन् । सुरक्षाकर्मी राखिएका मार्गहरु दलालले प्रयोग गर्दैनन् ।”

विगत छ महिनाको अवधिमा बर्दियाका ती संवेदनशील नाकाबाट २४ जना युवतीको उद्धार गरी घर फर्काइएको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिनुभयो ।

चेलीबेटी भारत पुर्याउन दलालले बर्दियाकै मानिस प्रयोग गर्ने गरेका छन्, उहाँले भन्नुभयो— विश्वासै गर्न नसक्ने मानिसले औषधि उपचार, किनमेललगायत विभिन्न बहानामा चेलीबेटी भारत पु¥याउने गरेको देखिएको छ ।

मानव ओसारपसार तथा चेलीबेटी बेचबिखन विरुद्ध जिल्लामा काम गर्दै आएका सानाहातहरु नामक संस्थाकाअनुसार बर्दियाका जमुनी, कर्णालीपुर, गुलरिया, गणेशपुरलगायत धनौरा सीमा नाका चेलीबेटीका लागि अति संवेदनशील क्षेत्रको रुपमा रहेका छन् । रासस

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )