अफगानिस्तानसँग नेपाल ९६ रनले पराजित


काठमाडौं: आईसीसी यू १९ विश्वकपमा छनोट खेल अन्तर्गत मंगलबार भएको समूह चरणको अन्तिम खेलमा नेपाल अफगानिस्तानसँँग पराजित भएको छ। सिंगापुरमा सम्पन्न खेलमा अफगानिस्तानसंग नेपाल ९६ रनले पराजित भएको हो। सुरुमा ब्याटिङको निम्तो पाएको अफगानिस्ताले नेपाललाई १९६ रनको विजय लक्ष्य दिएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपाल ४०.६ ओभरमा ९९ रन जोड्दा अलआउट भयो।
अन्य खेल जस्तै नेपालको ब्याटिङ आज पनि चल्न सकेन । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ४८ रन जोड्नुबाहेक अन्य खेलाडीहरुलको प्रदर्शन भने फितलो देखियो। दिपेन्द्रले ८१ बल खेलेर ७ चौकार र १ छक्का प्रहार गरे ।
सुरुवातिका महत्वपूर्ण ब्याट्सम्यानहरु सस्तैमा गुमाउँदा नेपालको ब्याटिङ धरमराएको थियो। १२ ओभरमा २४ रन बनाउँदा नेपालले ४ विकेट गुमाइसकेको थियो।
सन्दीप सुनुवार ६ रनमा आउट भए भने आशिफ शेख २ रनमा बनाएर आउट भए प्रनित थापा मगर खाता नै नखोली आउट भए । त्यसैगरी अनिलकुमार शाह ६ रनमा आउट भए। टस जितेर पहिले व्याटिङ गरेको अफगानिस्तानले ४६.५ ओभरमा अलआउट हुँदै १९५ रन बनाएको थियो।
यसअघि बिहीबार अफगानिस्तानसँगको खेलमा नेपाल १४१ रनले पराजित भएको थियो। अगानिस्तानले दिएको १९१ रनको लक्ष पछ्याउने क्रममा नेपालले २६ ओभरमा सबै विकेट गुमाइ ४९ रन मात्रै बनाउन सकेको थियो ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )