NRNA कुवेतको ५ औं राष्ट्रिय महाधिवेशनका लागि निर्वाचन आचार संहिता सार्वजनिक


कुबेत नेपालडटकम

साउन ८ – गैर अवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतको अागामी अगष्ट १८, २०१७ मा आयोजना हुन गईरहेको पाँचौं राष्ट्रिय महाधिवेशनका लागि गठित निर्वाचन समितिले निर्वाचन अचार संहिता २०१७ सार्वजनिक गरेको छ । निर्वाचन समितिका संयोजक सुजन केसिको अध्यक्षतामा बसेको पुर्ण बैठकबाट पारित गरी उक्त आचार संहिता सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएको आचार संहितका निम्नाअनुसार रहेका छन् ।

१, महाधिवेशनमा भाग लिन चाहने जोसुकैले पनि एनसिसी कुवेतले जारी गरेको पञ्जिकृत सदस्यहरुको परिचय–पत्र अनिर्वाय हुनुपर्ने छ । परिचय पत्रका साथ कुवेतको आवासिय भिषा (सिभिल आईडि/बताका या आवसिय प्रमाण वा मेडिकल कार्ड) साथैमा हुनु पर्नेछ । अन्यथा महाधिवेशनमा सहभागी हुन नपाउने जनाइएको छ ।

२, कुवेतको कानूनी प्रशासनिक र सामाजिक परिधि भित्र रही गैर अवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतको महाधिवेशन गराउनु पर्ने भएको हुनाले कार्यसमितिको पद भन्दा बढी पदका लागि उम्मेदवारी परेमा आपसी छलफल लगायत बिभिन्न बैकल्पिक विधि अपनाएर उम्मेदवार निर्वाचित गरिने पनि आचार संहितामा उल्लेख गरिएको छ ।

३, उम्मेदवारी दिन चाहने कुनै पनि व्यक्तिले कुनै पनि सञ्चारका माध्यम वा सामाजिक संजाल मार्फत उम्मेदवारी दिन, प्रचार प्रसार गर्न वा व्यानर, फोटो वा आफ्ना भनाई राख्न निःषेध गर्दै यदि कसैले त्यस्तो गरेको पाइएमा उम्मेदवारीबाट बञ्चित गरिने छ ।

४, कुनै पनि उम्मेदवारका लागि प्रस्तावक समर्थक बस्ने व्यक्तिले उम्मेदवारी दिन पाउने छैन । साथै कुनै पनि उम्मेदवारले अर्को उम्मेदवारको लागि प्रस्तावक तथा समर्थक बस्न पाउने छैन । यदी यसो गरेको पाईएमा दुवैको उम्मेदवारी स्वत खारेज हुने छ ।

५, कुनै पनि उम्मेदवारले कुवेतको कानून बिपरित ब्यानर, पम्प्लेटिङ, खुल्ला सभा जस्ता कार्य गर्न पाउने छैन । धार्मिक, राजनितीक, जातिय वा क्षेत्रिय नारा प्रचार प्रसारमा ल्याउन पाईने छैन । एक उम्मेदवारले अर्को उम्मेदवारको व्यक्तिगत चरित्र हत्या गर्ने, गाली गलौज/ अपशब्द जस्ता अमानविय कार्यहरु गरेको प्रमाणित भएमा निर्वाचन समितिले कारबाही स्वरुप निजको उम्मेदवारी नै खारेज गर्न सक्ने छ ।

६, निर्वाचन समितिका कुनै पनि सदस्यले कुनै पनि पदको हक दाबी गर्न पाउने छैनन् । उम्मेदवारको प्रस्तावक समर्थक बस्न वा महाधिवेशनको अवधि भर कुनै पनग उम्मेदवारको पक्ष/ बिपक्षमा बोल्न वा सघाउन पाउने छैनन् ।

७, उम्मेदवारहरुले आफ्नो प्यानल खडागरी सामुहिक उम्मेदवारी दिन र समुहगत प्रचार गर्नलाई समेत आचार संहिताको उल्लंघन मानिने छ र निर्वाचन समितिले आवश्यक कारबाहीको साथै उम्मेदवारीबाट समेत बञ्चित गर्ने छ । कुनै पनि पदको उम्मेदवारी पछि उमेदवारको विरुद्ध गैरकानूनी तथा गैर जिम्वेवारीपूर्ण काम गरेको उजुरी आएमा साथै कुवेतको कानून विपरित कृयाकलाप भएको ठहर भएमा वा यस संघको पुर्वकालमा कुनै पनि पदमा रही बेरुजु फर्छ्यौट नभएको पाइएमा निर्वाचन समितिले निजलाई छानविन गरि प्रमाणीत भएमा उमेदवारी रद्द हुने छ ।

८, कार्य सम्तिमा उम्मेदवारी दिन चाहाने उम्मेदवारहरुको योग्यता देहायका बमोजिम हुने छ: राष्ट्रिय समन्वय परिषदको अध्यक्ष तथा अन्तराष्ट्रिय समन्वय परिषदको सदस्यका लागि कम्तिमा पनि एक कार्यकाल कार्यकारी भएर काम गरेको हुनु पर्ने तथा अन्य पदका लागि न्यूनतम २ वर्ष कुवेत बसेको र एनआरएनए/एनसिसी कुवेतको पञ्जिकृत सदस्यता लिएको हुनु पर्ने छ ।

९, गैर अवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अध्यक्ष उपाध्यक्ष र महासचिव जस्ता कार्यकारी पदमा उम्मेदवारी दिन चाहने व्यक्तिले अन्य कुनै पनि संघ सँस्था वा संगठनको प्रमुख पदमा रहे भएको भए उक्त पदबाट राजीनामा दिइ उम्मेदवारी दिन सकिने छ । प्रमुख पद भन्नाले अध्यक्ष, उपाध्यक्ष, महासचिवलाई चिनिन्छ ।

१०, गैर अवासिय नेपाली संघ/राष्ट्रिय समन्वय परिषद कुवेतमा उम्मेदवारी मनोनयन पछी उम्मेदवारको बिरुद्द गैर कानूनी तथा गैर जिम्मेवारी कार्य गरेको उजुरी आएमा साथै कुवेतको कानून बिपरीत कृयाकलाप गरेको ठहर भएमा वा यस संघको पूर्व कार्यकालमा कुनैपनि बेरुजु फर्छ्यौट नभएको पाईएमा निर्वाचन समितिले निजलाई छानविन गरी प्रमाणित भएमा उम्मेदवारी रद्द गर्न सक्ने छ ।

११, उम्मेदवारी फिर्ता ल्ने समय समाप्त भईसकेपछी उम्मेदवारी वापत बुझाईएको शुल्क फिर्ता हुने छैन ।

निर्वाचन कार्यतालिका निम्न प्रकार छ :

१, नयाँ सदस्यता (पञ्जिकृत सदस्यता) दर्ता गर्ने तथा नबिकरण गर्ने अन्तिम म्याद अगष्ट ४, २०१७ शुक्रबार दिउँसो २ बजे सम्म ।

२, मतदाताहरूको अन्तिम नामावली प्रकाशित गर्ने अगष्ट ५, २०१७ शनिबार दिउँसो १ बजे ।

३, उम्मेदवारी दिने अगष्ट ५, २०१७ शनिबार दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म ।

४, उम्मेदवारहरूको प्रथम सूची प्रकाशित अगष्ट ५, २०१७ शनिबार साँझ ८ बजे ।

५, उम्मेदवारहरू बिरूद्ध दावी बिरोध तथा उजुरी अगष्ट ६, २०१७ आइतबार साँझ ५ बजे सम्म ।

६, उम्मेदवारी फिर्ता लिने अन्तिम समय अगष्ट ९, २०१७ साँझ ५ बजे सम्म ।

उम्मेदवारहरूको अन्तिम नामावली अगष्ट ११ तारिक शुक्रबार साँझ प्रकाशित गरिनेछ । महाधिवेशन अगष्ट १८ तारिक बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मालिया सिटी स्थित ईन एण्ड गो (INN and GO Kuwait Plaza Hotel) होटलको सभाकक्षमा बिहानको ११ बजे देखी साँझ ५ बजे सम्पन्न हुने ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )