Daily Archives: 18/07/2017

गोर्खाल्याण्ड आन्दोलनमा मारिनेको संख्या ८ पुग्यो


तोयानाथ भट्टराई
दार्जिलिङ : पश्चिम बंगालको नेपाल-भारत सीमावर्ती मिरिक बजारमा सोमबार राति भारतीय अर्धसैनिक बल सिआरपीएफको गोलीबाट गोर्खाल्याण्ड पक्षधर एक जनाको ज्यान गएको छ । गोर्खाल्याण्डको पक्षधर गोर्खा जनमुक्ति मोर्चा र तृणमुल कांग्रेसका कार्यकर्ता बीच झडप हुन खोज्दा सिआरपीएफले चलाएको गोलीबाट मिरिकको मकरजुङ गाउँका ४५ बर्षीय आशिष तामाङको मृत्यु भएको स्थानीय पत्रकार मनोहर शर्माले जानकारी दिनुभयो । पढ्नेक्रम जारी राख्नुहोस्

कर फर्छ्योट आयोग ऐन खारेज गर्न निर्देशन


कृष्ण ज्ञवाली/कृष्ण आचार्य, काठमाडौं
श्रावण ३, २०७४- चौतर्फी दबाब र आलोचनापछि आफ्नो पूर्वनिर्णय सच्याउँदै संसद्को अर्थ समितिले कर फर्छ्योट आयोग ऐन २०३३ खारेज गर्न सरकारलाई निर्देशन दिएको छ ।ऐन संशोधनका लागि निर्देशन दिने एक महिनाअघिको आफ्नै निर्णय सच्याउँदै समितिले खारेजीकै प्रस्ताव पारित गरेर सरकारलाई निर्देशन दिएको हो । पढ्नेक्रम जारी राख्नुहोस्