स्याङ्जा सहयोग समाज कुवेतले गृह जिल्लामा एम्बुलेन्स सेवाको लागि आर्थिक सहयोग संकलन अभियान कार्यक्रम शुरु गरिदै।


कुबेत नेपालडटकम

प्रदेश भूमिमा रहेर पनि आफ्नो ठाउँको लागि केही गरौ भन्ने मनसाय बोकेर २०१४ सालमा स्थापना भएको स्याङ्जा सहयोग समाज कुवेत यहाँ रहेका विभिन्न क्रियाशिल समाज मध्य एक हो।स्थापना कालदेखि नै एन आरएनए कुवेत र यहाँका क्रियाशिल संघ,संस्थाहरु सँग हातेमालो गर्दै देशमा परेको विनाशकारी दैवीप्रकोप आगोलागी, भूकम्प जस्ता आपतकालीन समयमा पनि आर्थिक सहयोग गर्दै आइरहेको छ।

११६४ वर्ग किलोमीटर क्षेत्रफलमा फैलिएको हाम्रो स्याङ्जा जिल्ला नेपालको मध्य पश्चिम भागमा पर्दछ।जसमा ५ नगरपालिका र ६ गाउँपालिकामा वर्गीकरण गरिएको छ।स्याङ्जा सहयोग समाज कुवेतले भौगोलिक दृष्टिकोणको आधारमा विषेश गरेर ग्रामीण ईलाका लाई विशेष टेवा पुगोस् भन्ने हेतुले २ वटा एम्बुलेन्स सेवा हस्तान्तरण गर्ने भएको छ। पहाडी मुलुक साथै ग्रामीण बस्तीमा बस्नु हुने स्याङ्जा बासीहरुले बिरामी हुँदा समयमा नै अस्पताल पुग्न सकोस् भन्ने उद्देश्यले एम्बुलेन्स सेवा संञ्चालन गर्न लागेको यसै स्याङ्जा सहयोग समाज कुवेतका अध्यक्ष श्री शिव कोइराला जानकारी दिनु भएको छ।

समाज सँग एउटा एम्बुलेन्स किन्ने रकम कोषमा भए पनि २ वटा एम्बुलेन्स अपरिहार्य भएको हुँदा आर्थिक संकलन अभियान अब केही दिन भित्रमा शुरु गर्न लागेको जानकारी पनि गर्दछौं।कुवेतमा रहनु भएका स्याङ्जा बासीहरुको मनसाय लाई विशेष मध्यनजर राख्दै नेपाल बाट ख्यातिप्राप्त कलाकारहरु लाई निमन्त्रणा गरि एम्बुलेन्स आर्थिक सहयोगी दाताहरु लाई विशेष कार्यक्रम गरि सम्मान र कदर पत्र वितरण गर्नुको साथै सहयोगी दाताहरुको नाम शिलालेखमा समेत कोर्न छौं।कति धनराशिको सहयोगी दाता लाई शिलालेखमा राखिने भन्ने एकिन निर्धारण गरिएको छैन।स्याङ्जा जिल्लाको दक्षिणी भागमा रहेको साँखर,सेखाम,रत्नपुर,चापाकोट,कुवाकोट,पकाडी,तुल्सी भञ्ज्याङ हुँदै गल्याङ्ग उक्त आसपासका बासिन्दाले सुविधा पाउने छ भने अर्को चित्रे भञ्ज्याङ,गिरकोट,क्याक्मी,किटिया,चिन्नेवास,मल्याङ्गकोट,दार्सिङ्ग,घुलचौर,बडहरे,जगत भञ्ज्याङ हुँदै वालिङ्ग आसपासका बासिन्दाले सुविधा पाउने छ।

देश विदेशमा रहनु भएका समाजसेवी,बुद्धिजीवी ,कलाकार ,खेलाडी साथै एन आरएनए कुवेत र यहाँका क्रियाशिल संघ संस्था र कुवेतमा रहनु भएको समस्त स्याङ्जा बासीहरुमा आफ्नो आफ्नो तवर बाट आर्थिक,भौतिक र नैतिक रुपबाट सहयोग गरिदिन हुनको लागि स्याङ्जा सहयोग समाज कुवेत हार्दिक अनुरोध गर्दछ।

विशेष जानकारी लागि :-

1)शिव कोइराला -50435325/99512749
2) BB Malla Thakuri-96981062
3)बोम बहादुर पुलामी-99458464
4)ठाकुर प्रसाद पौडेल -60649111
5)विजय ढुंगाना -66576445
6)शिव शाही -69979586
7)केशव श्रेष्ठ -50642283
8)डिल्लीराम पाठक -99298128
9)गंगाराम न्यौपाने -66065229
10)श्रवण कुमार गाहा-67678368
11)कृष्ण चन्द-69056023
12)रामु भट्टराई -90934550
13)मोहनी लाल थापा-65675273
14)हरि प्रसाद गैर्ह्रे -60971062
15)ठाकुर पाण्डे -95571135
16)कृष्ण सुनार-67794826
17)सूर्य ओस्ति -66472440
18)रुक्मांगद पाण्डे -66738245
19)Ganesh Pandey-97402850
20)Tika Ram Neupane-65872393
21)Santosh Koirala-55158342

प्रार्थी :-
स्याङ्जा सहयोग समाज कुवेत।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )