Daily Archives: 16/07/2017

स्याङ्जा सहयोग समाज कुवेतले गृह जिल्लामा एम्बुलेन्स सेवाको लागि आर्थिक सहयोग संकलन अभियान कार्यक्रम शुरु गरिदै।


कुबेत नेपालडटकम

प्रदेश भूमिमा रहेर पनि आफ्नो ठाउँको लागि केही गरौ भन्ने मनसाय बोकेर २०१४ सालमा स्थापना भएको स्याङ्जा सहयोग समाज कुवेत यहाँ रहेका विभिन्न क्रियाशिल समाज मध्य एक हो। पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

नेपाली कांग्रेसका संस्थापक नेता जोशीको निधन प्रति जनसम्पर्क समिति कुवेतद्वारा दुख व्यक्त


कुबेत नेपालडटकम

नेपाली कांग्रेसका संस्थापक नेता रामहरि जोशीको निधन प्रति जनसम्पर्क समिति कुवेतका सभापति कल्याण कुमार श्रेष्ठको सभापतित्वमा शोक सभा गरेको छ । कुवेतको जिलिब स्थित हिमालय रेस्टुरेन्टमा शुक्रबार एक कार्यक्रम गरि सो सभा गरेको थियो।

बिसं. १९८३ मा सर्लाही जिल्लामा जन्मिएका जोशीको बिहीबार साँझ उपचारका क्रममा ग्राण्डी अस्पतालमा ९३ वर्षको उमेरमा निधन भएको थियो । उनी लामो समयदेखि दम र निमोनियाबाट पीडित थिए । पढ्नेक्रम जारी राख्नुहोस्

दक्षिण कोरियाको न्यूनतम तलब १६.४ प्रतिशत बढ्ने


१ साउन, काठमाडौं । दक्षिण कोरियामा आगामी वर्ष २०१८ को न्यूनतम तलब प्रतिघन्टा ६.६४ डलर निर्धारण भएको छ । मजदुर, कम्पनी व्यवस्थापन र सरकारका प्रतिनिधि सम्मिलित न्यूनतम ज्याला निर्धारण समितिको बैठकले न्यूनतम ज्याला ७५२० वन निर्धारण गरेको हो । योनहाप न्यूज एजेन्सीका अनुसार यो गत वर्षको भन्दा १६.४ प्रतिशत बढी हो । यसबाट दक्षिण कोरियामा कार्यरत नेपालीहरु समेत लाभान्वित हुनेछन् । पढ्नेक्रम जारी राख्नुहोस्

डोल्मा बेखर्ची, डोल्माका नाममा उठेको लाखौं रुपैयाँ कहाँ छ ?


देवेन्द्र भट्टराई
एनआरएनएले भन्यो– ३२ लाख हामीसँग छ, प्रक्रिया पुर्‍याएर डोल्माले लिन सक्छिन्
श्रावण १, २०७४- कुवेतमा १० वर्ष आजीवन कारावास सजाय भुक्तान गरेर फर्किएकी डोल्मा शेर्पा राजधानीमा बेखर्ची भएर आश्रयघरमा बसिरहेकी छन् । तर उनको नाममा उठाइएको लाखौं रकम कहाँ छ, कसैलाई थाहा छैन ।फिलपिनो सहकर्मीको हत्या अभियोगमा कुवेती कानुनअनुसार सुरुमा मृत्युदण्ड सजाय सुनाइएकी डोल्माको सजाय ‘ब्लडमनी’ बुझाएर आजीवन कारावासमा झारिएको थियो । दस वर्ष लामो जेलजीवन कटाएर उनी एक साताअघि राजधानी फर्किएकी हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

११ डीआईजी र १५ एसएसपीको बढुवा


सुवास गोतामे
काठमाडौं : लामो समयदेखि अवरुद्ध प्रहरी बढुवा प्रक्रिया खुलाउँदै गृह मन्त्रालयले शुक्रबार ११ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) र १५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई बढुवा गर्न सिफारिस गरेको छ ।श्रीलंकाको कोलम्बोमा आठौं सार्क राष्ट्रहरूको गृहमन्त्रीस्तरीय बैठक सकेर शुक्रबारै स्वदेश फर्किनुभएका गृहमन्त्री जनार्दन शर्मा र गृहसचिव लोकदर्शन रेग्मीले बढुवा प्रक्रिया अगाडि बढाउन कसरत गर्नुभएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

बाढीले बस्ती बगाउँदा एकको मृत्यु , चार जना वेपत्ता, पक्की पुल बगायो


रामेछाप : रामेछापको लिखु र गोकुलगंगा गाउँपालिकाको सीमाना खर्पु खिम्ती बीचमा रहेको छत्तिवने खोलामा आएको भीषण बाढीले खोला किनारमा रहेको घर बगाउदा एक जनाको मृत्यु हुनुका साथै चार जना वेपत्ता भएका छन्, । पढ्नेक्रम जारी राख्नुहोस्