विश्व नेपाली साहित्य महासंघ कुवेत शाखाको आयोजनामा २०४ औँ भानु जयन्ती कार्यक्रम सम्पन


कुबेत नेपालडटकम

प्रबाशमा रहेका नेपालिहरुले आदिकवी भानुभक्त आचार्यको जन्मदिन मनाउने परिपाटी चलिरहेको समयमा कुवेतमा पनि उहाँको सम्झनामा २०४ औँ भानु जयन्ती हिजो कुबेत स्थित जिलिब को रिदाम हल मा मनाइयो।

विश्व नेपाली साहित्य महासंघ कुवेत शाखाको आयोजित कार्यक्रम लाई समाज को अध्यक्ष अमित राइ ले सभापतित्व गरेका थिए। भने नेपाली राजदूतावासका दित्तिय सचिव ज्ञान बादुर मगर को प्रमुख आथित्यता रहेको थियो। भने कुवेतमा कृयाशिल नेपाली सँघ-संस्था, प्रतिनिधि समाजसेवी, बुद्धि,जिबी, पत्रकार र कलाकार साथै नेपालीहरुको उत्साहजनक उपस्थिति रहेको थियो ।

२०४ औँ भानु जयन्ति कार्यक्रम लाई सभापति, प्रमुख अतिथी र बिशेष आथितीहरुले संयुक्तरुप द्दिप प्रज्वलन गरि भानुको तस्वीरमा माला तथा पुष्पगुच्छा अर्पण गरी कार्यक्रम लाई सन्चालन प्रेम कटुवाल र अमर खड्काले संयुक्त रुपमा सन्चालन गरे को थियो भने पत्रकार नैनाकला राइ ले स्वागत मन्तव्यद्वारा उपस्थित पाहुना तथा अतिथिगणलाई स्वागत गरेका थिए।

विसं १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा पिता धनञ्जय र माता धर्मावतीदेवीका पुत्रका रुपमा भानुभक्तको जन्मिएका आचार्यले ‘अध्यात्मरामायण’को भावानुवाद गरी नेपाली समाजमा मौलिक नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियताको वीजारोपण गरेका थियो। यसैगरी विश्व नेपाली साहित्य महासंघ कुवेत शाखाको आयोजित कार्यक्रममा नेपाली राजदूतावासका दित्तिय सचीव ज्ञानबहादुर मगरले आदिकवि भानुभक्त आचार्यको चर्चा गर्दै कुवेतमा यस्ता साहित्यिक कार्यक्रमले सबैलाई समेट्न सकिने र यसरी गरिएको कार्यक्रममा वाचन भएका रचनाहरुलाई संकलन गरि साहित्यिक पुस्तक प्रकाशन गर्न सकेमा साहित्य तथा सर्जकलाई अझ हौसला मिल्ने बताउनु भयो । शुभकामना मन्तव्यकै क्रममा इन्द्र भुसाल , मन्जित राई, अर्जुन उदासी , नारायण पोख्रेल,कोशराज राईले लगायतको भानुभक्त र घाँसीको चर्चा गर्नु भएको थियो ।

कार्यक्रम संयोजक राजेन्द्र बिरही ले शुभकामना सन्देश दिदै भन्नु भयो भानु प्रतिमामा पुष्पार्पण गर्दै आदिकवि भानुभक्त आफ्नो समयको जनभावना चित्रित गर्ने सफल केन्द्रीय कवि मात्र नभएर सिँगो नेपाली संस्कृतिकै प्रतीकको रूपमाविश्वव्यापी रूपमा स्थापित भएको धारणा व्यक्त गरे। भने साथमा विशेष कारणबस् नेपालमा रहनु भएका विश्व नेपाली साहित्य महासंघ कुवेत शाखाका अध्यक्ष अमीत चाम्लिङ राईले पनि नेपालबाट शुभकामना सन्देश पठाउदै हर्षोल्लासका साथ मनाईरहेका २०४ औं भानु जयन्तीलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा प्रवासमा रहेर सिर्जना गर्नु हुने साहित्यलाई सहयोग गर्नु हुने सम्पुर्णलाई धन्यवाद दिदै शुभकामना सन्देश पठाउनु भएको थियो ।

उक्त कार्यक्रममा प्रसाद तिमल्सिना,निर्मला खड्का,एस्पी माथवर ,रमेश बियोगी काफ्ले,इन्द्र भुसाल ,अमर खड्का ,गगन बिस्ट ,प्रेम कटवाल ,शान्ति राई,रेवाती भट्टराई ,अर्जुन उदासी ,बिर बिक्रम सुनार ,जानकी दर्लामी जानू ,माधव पौडेल ,ॠदम राई ,नैनाकला राई डोलराज न्यौपाने ,आकाश शेर्पा”यात्री”लगायत करिब डेड दर्जन कवि, गीतकार तथा गजलकारहरूले कविता, गीत, गजल र मुक्तक वाचन गरे।

अन्तमा सभापति रमेश किराँती”चट्याङ” ले शुभकामना व्यक्त गर्दै कार्यक्रममा उपस्थित भएर कार्यक्रम सफल पार्न हुने सम्पूर्ण सहयोगी कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ-संस्था, समाजसेवी, बुद्दिजिबी तथा भद्र-भलादमी, पत्रकार,खेलाडी, तथा कलाकारहरु सम्पूर्ण कुवेतवासी नेपाली दाजु भाई तथा दिदी बहिनी हरुलाई सबैलाई एकमुष्ठ धन्यवाद दिदै कार्यक्रम समापनको घोषणा गरेका थिए।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )