एएफसी यु-२३ छनौट खेलमा आज नेपाल र युएई भिड्दै


कुबेत नेपालडटकम

युएई– आगामी वर्ष चिनमा संपन्न हुने एएफसी यु – २३ च्याम्पियनसिपको छनौट चरणको पहिलो खेल आज संयुक्त अरब ईमिरेट्स (युएई) मा नेपाल र आयोजक राष्ट्र युएई बिच हुँदैछ ।
युएईको अलऐन स्थित तहनोन बिन मोहमद रंगशालामा स्थानीय समय अनुसार साँझ ६:२५ बजे नेपाल र युएई भिड्नेछन् ।कप्तान विमल घर्ती मगरको नेतृत्वमा नेपाली टोलिले आयोजक राष्ट्र युएई सहित उज्वेकिस्तान र लेबनानसंग थप एकएक खेल खेल्नेछ ।सोमबार राती ६:२५ बजे नेपाल र उज्वेकिस्तान बिच दोस्रो खेल हुँदैछ । त्यस्तै बुधबार ९:१५ बजे नेपाली टोलिले लेबनान संग अन्तिम खेल खेल्नेछ ।असार ३१ देखि साउन ८ गते सम्म एसियाका विभिन्न देशहरूमा छनौट चरणका खेलहरु संचालन हुँदैछ । युएईमा नेपाल सहित समुह डि का ९ देश भिड्नेछन् ।
को को आए युएई ?

मुख्य प्रशिक्षक राजुकाजी शाक्य सहित विमल घर्ती मगरको नेतृत्वको नेपाली टोलि छनौट खेलका लागि बिहिबार युएई आएको हो ।युएई आएको नेपाली टोलिलाई युएईमा रहेका नेपाली संघसंस्थाका प्रतिनिधि र फुटबलप्रेमीहरुले विमानस्थलमा भव्य स्वागत गरेका थिए ।
नेपाली टोलिमा एलेन न्यौपाने , अशोक बराल , किशोर गिरी , अनन्त तामाङ , दीनेश राजवंशी , गौरव बुढाथोकी , कमल श्रेष्ठ , अमित तामाङ , निरज बस्नेत , छिरिङ गुरुङ , लक्ष्मण जिसी, हेमन गुरुङ, हेमन्त मगर, सुमन लामा , सुनील बल , पुजन उपरकोटी , तेज तामाङ , डोना थापा , विवेक बस्नेत ,अन्जन विष्ट , संजोग राई र विश्वास श्रेष्ठ रहेका छन् ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )